झापामा ५० प्रतिशत मत खस्यो, कुन क्षेत्रमा कति ?
झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापामा हालसम्म ५० प्रतिशत मतदान भएको छ ।
जिल्लाभर कुल ७ लाख १३ हजार ५३७ मतदातामध्ये ३ लाख ५६ हजार १८९ मत खसेको हो । खसेको मतमध्ये महिला १ लाख ८६ हजार ९४२ र पुरुष १ लाख ६९ हजार २४७ रहेका छन् ।
निर्वाचन क्षेत्रअनुसार खसेको मत विवरण यसप्रकार छः
झापा–१
कुल १ लाख ३१ हजार ६७ मतदातामध्ये ६२ हजार ९ मत खसेको छ । यहाँ ४७ प्रतिशत मतदान भएको छ ।
झापा–२
कुल १ लाख ४७ हजार ५२२ मतदातामध्ये ७२ हजार १९० मत खसेको छ । यहाँ ४९ प्रतिशत मतदान भएको छ ।
झापा–३
कुल १ लाख ४० हजार ८५७ मतदातामध्ये ७३ हजार ९५६ मत खसेको छ । यहाँ ५३ प्रतिशत मतदान भएको छ ।
झापा–४
कुल १ लाख ३० हजार ७१२ मतदातामध्ये ५९ हजार ३९० मत खसेको छ । यहाँ ४५ प्रतिशत मतदान भएको छ ।
झापा–५
कुल १ लाख ६३ हजार ३७९ मतदातामध्ये ८८ हजार ६४४ मत खसेको छ । यहाँ ५४ प्रतिशत मतदान भएको छ ।
जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण