ऐतिहासिक निर्वाचन सम्पन्न भएकोमा प्रधानमन्त्री कार्कीको बधाई सन्देश
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाली जनतालाई बधाई दिइन्।
- उनले निर्वाचन सफल पार्न सहयोग गर्ने सबै पक्षप्रति हार्दिक आभार व्यक्त गरिन्।
- प्रधानमन्त्री कार्कीले निर्वाचन आयोग, सुरक्षाकर्मी, र अन्य सरोकारवालाहरूको प्रशंसा गरिन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचन ऐतिहासिक रूपमा शान्तिपूर्ण तरिकाले सम्पन्न भएकोमा सम्पूर्ण नेपाली जनतालाई बधाई दिएकी छन् । मतदान पश्चात् आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक सन्देश जारी गर्दै उनले निर्वाचन सफल पार्न सहयोग गर्ने सबै पक्षप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेकी हुन् ।
फेसबुकमा लेख्दै प्रधानमन्त्री कार्कीले जनताको उत्साहजनक सहभागिताले लोकतन्त्रलाई थप बलियो बनाएको उल्लेख गरेकी छन् । उनले लेखिन्, ‘उत्साहजनक सहभागिताका साथ ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी मुलुकलाई लोकतान्त्रिक र संविधानसम्मत निकास दिन सफल भएकामा सम्पूर्ण नेपाली जनतालाई बधाई।’
निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेल्ने विभिन्न निकाय र व्यक्तिहरूलाई धन्यवाद दिँदै प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगको कुशल नेतृत्व, सुरक्षाकर्मीहरूको उच्च मनोबल र राष्ट्रप्रतिको वफादारिता, आफ्नो मन्त्रिपरिषद्का सदस्य तथा राष्ट्रसेवक कर्मचारीहरूको लगनशीलताको उच्च प्रशंसा गरेकी छन् । छ। यसैगरी उनले राजनीतिक दल, उम्मेदवार, अन्तर्राष्ट्रिय समुदाय र सञ्चार माध्यमले देखाएको सकारात्मक सहयोग र जिम्मेवार भूमिकाको पनि सराहना व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण