पर्सा–१ मा मतपेटिका संकलन जारी, भोलि बिहान सर्वदलीय बैठकपछि मतगणना
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा मतपेटिका संकलन तथा रुजु गर्ने काम जारी छ।
मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीका अनुसार मतदान सम्पन्न भएका केन्द्रहरूबाट आएका मतपेटिकाहरू रुजु गर्ने काम भइरहेको छ । उनले अहिले मतगणना टोलीका सदस्यहरू पूर्ण रूपमा उपस्थित नभएको बताउँदै भोलि बिहान साढे ७ बजे सर्वदलीय बैठक बोलाइएको जानकारी दिए ।
'बाक्साहरू रुजु गरियो। अहिले साथीहरू खासै हुनुहुन्न । भोलि साढे ७ बजे सर्वदलीय मिटिङ गरिनेछ,' रेग्मीले रातोपाटीसँग भने । उनका अनुसार सर्वदलीय बैठकपछि मतगणनाको प्रक्रिया अघि बढाइनेछ ।
पर्सा–१ को मतगणना वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा हुने तय भएको छ । हाल विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने काम जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट अनिल रुगटा, नेकपा एमालेबाट प्रदीप यादव, नेकपाबाट अजय चौरसिया तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बुद्धिप्रसाद पन्त उम्मेदवार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण