अपडेट
काठमाडौँ-३ मा कुलमानको अग्रता कायमै
शुक्रबार, २२ फागुन २०८२, ०४ : २५
सारांश
- काठमाडौं क्षेत्र नम्बर ३ मा कुलमान घिसिङले अग्रता कायम राखेका छन्, उनले १८४६ मत प्राप्त गरेका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीका राजु नाथ पाण्डे १५६० मतका साथ दोस्रो स्थानमा छन्, घिसिङभन्दा २८६ मतले पछि परेका छन्।
- नेपाली कांग्रेसका रमेश अर्याल तेस्रो र नेकपा (एमाले) का रामेश्वर फुयाल चौथो स्थानमा रहेका छन्।
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा जारी मतगणनामा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् ।
पछिल्लो मत परिणामअनुसार, घिसिङले १८४६ मत प्राप्त गरी शीर्ष स्थानमा रहँदा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजु नाथ पाण्डेले १५६० मतसहित पछ्याइरहेका छन् । घिसिङ आफ्ना निकटतम प्रतिस्पर्धी पाण्डेभन्दा २८६ मतले अगाडि छन् ।
त्यस्तै, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले ५८३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का रामेश्वर फुयालले ४५६ मत पाएका छन् ।
यस क्षेत्रमा मतगणना कार्य जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण