बारा–३ मा कांग्रेस–एमालेका उम्मेदवार पछि परे, रास्वपाको पक्षमा मतदाताको आकर्षण
सारांश
- बारा निर्वाचन क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अरबिन्द साहले ७ हजार ३६३ मत प्राप्त गरेका छन्।
- नेपाली काँग्रेसका उम्मेदवार फरमुल्लाह मंसुरले १ हजार ५८९ मत प्राप्त गरेका छन्।
बारा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन्।
सार्वजनिक भएको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अरबिन्द साहले ७ हजार ३६३ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार फरमुल्लाह मंसुरले १ हजार ५८९ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टी, नेपालका रामवावु कुमार यादवले १ हजार ३७३ मत ल्याएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)का उम्मेदवार ज्वाला कुमारी साहले ५१२ मत प्राप्त गरेकी छन्। अन्य उम्मेदवारमध्ये जनमत पार्टीका प्रमोद प्रसाद गुप्ताले ७७८, नेपाल कम्युनिष्ट पार्टीका भरत प्रसाद साहले १२६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र प्रसाद जैसवारले ६४ मत प्राप्त गरेका छन्।
यस्तै राष्ट्रिय जनमोर्चाका वालाकृष्ण शर्माले १७, श्रम संस्कृति पार्टीकी मुमतज बेगमले १६, नेपाल जनता पार्टीका प्रहलाद प्रसाद साह कलवारले ११, नेपाल मजदुर किसान पार्टीका रामएकबाल राउतले ११, प्रगतिशील लोकतान्त्रिक पार्टीका दिनेश प्रसाद सिंहले २ र मंगोल नेशनल अर्गनाइजेसनकी सम्झना गोलेले १ मत प्राप्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण