गुल्मीमा मतगणना गर्न सर्वदलीय सहमति
शुक्रबार, २२ फागुन २०८२, १० : २९
सारांश
- गुल्मीमा प्रतिनिधिसभा निर्वाचनको मतगणनालाई व्यवस्थित बनाउन सर्वदलीय बैठकमा सहमति भएको छ।
- बैठकले मतगणना प्रक्रिया, मतपत्रको वैधता र प्रतिनिधि व्यवस्थापनबारे मापदण्ड बनायो।
- प्रत्यक्षतर्फ उम्मेदवारले बढीमा छ जना प्रतिनिधि र स्वतन्त्र उम्मेदवारले पाँच जना प्रतिनिधि राख्न पाउनेछन्।
काठमाडौं । गुल्मीमा प्रतिनिधिसभा निर्वाचनको मतगणनालाई व्यवस्थित, बनाउन सर्वदलीय बैठकमा सहमति भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको बैठकले मतगणना प्रक्रिया, मतपत्रको वैधता तथा बदरसम्बन्धी मापदण्ड र प्रतिनिधि व्यवस्थापनबारे सहमति गरेको हो।
निर्णयअनुसार प्रत्यक्षतर्फ प्रत्येक उम्मेदवारले बढीमा छ जना प्रतिनिधिका लागि पास पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका हकमा अधिकतम पाँच जनासम्म प्रतिनिधि बस्न पाउने व्यवस्था गरिएको छ।
समानुपातिकतर्फ प्रत्येक दललाई छ वटा पास दिइने भए पनि मतगणना स्थलभित्र एक पटकमा एक जना मात्रै प्रतिनिधि रहने व्यवस्था गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण