सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीकाे अग्रता

शुक्रबार, २२ फागुन २०८२, १२ : २४
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता लिएका छन्, उनले ५४१ मत प्राप्त गरेका छन्।
  • नेकपाका नरेश भण्डारी ४३५ मतसहित शाहीलाई पछ्याइरहेका छन्, भने कांग्रेसका दीपबहादुर शाहीले १५४ मत प्राप्त गरेका छन्।
  • कनकासुन्दरी गाउँपालिकामा १,२४५ मत गणना भइसकेको छ, जसमा प्रत्यक्षतर्फ ५७ प्रतिशत र समानुपातिकतर्फ ५८.०३ प्रतिशत मत खसेको छ।

काली बहादुर परियार

जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत एक मात्रै निर्वाचन क्षेत्र रहेकोे जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता कायम गरेका छन् ।

राप्रपाका उम्मेदवार शाहीले ५४१ मत प्राप्त गरेका छन् भने उनलाई नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले ४३५ मतले पछ्याइरहेका छन् ।

यसैगरी काङ्ग्रेसका दीपबहादुर शाहीले १५४ मत र नेकपा एमालेका शान्तिलाल महतले ७२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विनिता कठायतले ९ मत,नेमकिपाका उम्मेदवारले ३ मत र जम्मा खसेको मतमध्ये ३१ मत बदर भएको सहायक निर्वाचन अधिकृत तिमिल्सिनाले बताए ।

अहिले यहाँको कनकासुन्दरी गाउँपालिकाे- १ र २ मा जम्मा १ हजार २४५ मत गणना भएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।

जिल्लामा कुल मतदाता संख्यामध्ये प्रत्येक्षतर्फ करिब ४० हजार ८९७ अर्थात ५७ प्रतिशत मत खसेको छ । जसमध्ये महिलातर्फ २१ हजार १८५ र पुरुषतर्फ १९ हजार ७१२ जनाले मतदान गरेको निर्वाचन अधिकारी कंडेलको भनाइ छ ।

समानुपातिकतर्फ ४१ हजार ६३१ अर्थात् ५८ दशमलव ०३ प्रतिशत मत खसेको छ । जिल्लामा कुल मतदाता संख्या ७१ हजार ७३९ जना रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । शुक्रबार बिहानैदेखि जिल्लामा मतगणना भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप