अपडेट
२ क्षेत्रको नतिजा आयो, ९१ क्षेत्रको मतगणना जारी (नतिजासहित)
शुक्रबार, २२ फागुन २०८२, १४ : ०७
सारांश
- प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ, जसमा दुई स्थानको नतिजा आइसकेको छ।
- रास्वपाले एक स्थानमा जित हासिल गर्दै ७० क्षेत्रमा अग्रता कायम गरेको छ।
- नेपाली कांग्रेसले ८ र नेकपाले ५ स्थानमा अग्रता बनाएका छन्।
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहेको छ । प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये २ स्थानको नतिजा आएको छ भने अन्य ९१ क्षेत्रको मतगणना जारी रहेको छ ।
मतगणना भइरहेका क्षेत्रमध्ये रास्वापले १ स्थानमा जित हासिल गर्दै ७० क्षेत्रमा अग्रता कायम गरेको छ ।
यस्तै नेपाली कांग्रेसले एक क्षेत्रको जित निकाल्दा ८ स्थानमा अग्रता बनाएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ५ स्थनमा अग्रता बनाएको छ । यस्तै नेकपा एमालेले ४ स्थान तथा राप्रपाले १ स्थानमा अग्रता लिएको छ । स्वतन्त्रसहित अन्य दलको अग्रता ३ स्थानमा छ ।
यसबाहेक अन्य कतिपय क्षेत्रमा मतगणनाको तयारी भएको छ भने कतिपय स्थानको अझै मतपेटिका संलकन कार्य जारी छ ।
पूरा नतिजा यहाँबाट हेर्नुहोस्, मतपरिणामसहित
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण