प्रतिनिधिसभा निर्वाचन-२०८२
संखुवासभामा मतगणना अनिश्चित, ९ वटा केन्द्रका मतपेटिका अझै आइपुगेनन् सदरमुकाम
शुक्रबार, २२ फागुन २०८२, १४ : २०
सारांश
- संखुवासभाका दुर्गम क्षेत्रका मतपेटिका सदरमुकाम ल्याउन नसक्दा मतगणना अनिश्चित बनेको छ।
- जिल्लाका ९ वटा मतदान केन्द्रका मतपेटिका संकलन हुन बाँकी रहेको छ।
- दुर्गम क्षेत्रका मतपेटिका हेलिकप्टर र गाडीमार्फत ल्याउने व्यवस्था मिलाइएको छ।
विराटनगर । संखुवासभाका सबै क्षेत्रका मतपेटिका अझै सदरमुकाम ल्याउन नसक्दा मतगणना अनिश्चित बनेको छ । विकट क्षेत्र र प्रतिकूल भूगोलका कारण जिल्लाका ९ वटा मतदान केन्द्रको मतपेटिका संकलनमा ढिलाइ भएको हो ।
संखुवासभाकी प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले सिलिचोङ गाउँपालिका र भोटखोला गाउँपालिकाका केही दुर्गम क्षेत्रका मतपेटिका शुक्रबार दिनभरमा सदरमुकाम आइपुग्ने बताइन् । उनले ९ वटा मतदान केन्द्रको मतपेटिका संकलन हुन बाँकी रहेको बताइन् ।
जसमध्ये पाँचवटा केन्द्रबाट हेलिकप्टर मार्फत र चारवटा केन्द्रबाट गाडी मार्फत मतपेटिका ल्याउने व्यवस्था मिलाइएको उनको भनाइ छ । दुर्गम क्षेत्रका पाँच केन्द्रका मतपेटिका ल्याउन हेलिकप्टर भने आइपुगिसकेको छ। यद्यपि, उडान र ढुवानी कार्य मौसममा भर पर्ने प्रमुख जिल्ला अधिकारी थपलियाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण