कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवालीको अग्रता कायमै
शुक्रबार, २२ फागुन २०८२, १४ : १९
काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर–१ मा प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार कोमल ज्ञवालीले अग्रता कायमै राखेकी छन् ।
हालसम्मको मतपरिणाम अनुसार ज्ञवालीले १ हजार ९३ मत पाएकी छन्।
कांग्रेसका उम्मेदवार जनकराज चौधरीले ९०२ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार फागु राम थारुले ७६०, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामलाल डगौरा थारुले २८५ र नेकपा (एमाले)का द्ववारिक प्रसाद न्यौपानेले ३४५ मत पाएका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण