समानुपातिकतर्फको मतगणनामा रास्वपाकै अग्रता, एमाले चौथो स्थानमा
सारांश
- प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ।
- समानुपातिकतर्फ नेपाली कांग्रेस दोस्रो, राप्रपा तेस्रो र नेकपा एमाले चौथो स्थानमा छन्।
- काठमाडौं १ मा सुरु भएको मतगणनामा साना दलहरूले पनि केही मत प्राप्त गरेका छन्।
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिकतर्फको मतगणना पनि सुरु भएको छ। प्रारम्भिक मतपरिणाम अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायम गरेको छ भने प्रमुख राजनीतिक दल नेकपा (एमाले) चौथो स्थानमा धकेलिएको छ।
निर्वाचन आयोगले अद्यावधिक गरेको कुल ११ हजार १५४ मतको तथ्यांक अनुसार रास्वपाले ६ हजार ६ सय ५ मत प्राप्त गर्दै पहिलो स्थान ओगटेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २ हजार १ सय ३० मत प्राप्त गरेको छ। त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ हजार १३ मतसहित तेस्रो स्थानमा रहँदा नेकपा (एमाले) भने जम्मा ६ सय ७ मत प्राप्त गर्दै चौथो नम्बरमा सीमित भएको छ। प्रत्यक्षतर्फको नतिजामा उल्लेख्य सिटमा अग्रता लिइरहेको रास्वपाले समानुपातिकतर्फ पनि परम्परागत ठूला शक्तिहरूलाई पछाडि छाडेको छ।
शीर्ष चार दलपछि अन्य साना दलहरूले पनि केही सयको संख्यामा मत बटुलेका छन्। श्रम संस्कृति पार्टीले २२२ मत ल्याएर पाँचौं स्थान बनाएको छ भने नेपाली कम्युनिष्ट पार्टीले १७९ र राष्ट्रिय परिवर्तन पार्टीले १३३ मत प्राप्त गरेका छन्। यसैगरी, नेपाल जनता संरक्षण पार्टीले ५८, नेपाल मजदुर किसान पार्टीले ३३ र प्रगतिशील लोकतान्त्रिक पार्टीले ३२ मत आफ्नो पोल्टामा पारेका छन्।
जनमत पार्टीले ११ मत प्राप्त गर्दा जनता समाजवादी पार्टी, नेपाल र नेकपा (माओवादी केन्द्र) ले समान ५-५ मत मात्र पाएका छन्। त्यस्तै, राष्ट्रिय जनमोर्चाले ८ र नेकपा (माले) ले पनि ८ मत प्राप्त गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशनलगायत दर्जनौं दलहरूको मत भने एकल अंकमा मात्र सीमित छ।
हालसम्मको मतगणनामा नेपाल लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, नेपाल जनमुक्ति पार्टी, नागरिक शक्ति नेपाललगायत करिब एक दर्जन दलले भने खाता नै खोल्न सकेका छैनन्। उनीहरूको मतसंख्या शून्य छ। सुरुवातमा गनिएको मत काठमाडौँ एकको भएको बताइएको छ । त्यसपछि क्रमश: अन्य क्षेत्रमा पनि गनिने निर्वाचन आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण