कर्णालीको राजधानी समेत रहेको सुर्खेत-२ मा रास्वपाको जबरजस्त अग्रता
सारांश
- सुर्खेत क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ।
- सुरुमा कांग्रेस र एमालेले अग्रता लिए पनि पछिल्लो समय रास्वपाका रमेशकुमार सापकोटाले अग्रता कायम राखेका छन्।
- एमाले र कांग्रेसको किल्ला मानिएको क्षेत्रमा रास्वपाले राम्रो मत ल्याइरहेको छ।
सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेत क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जबरजस्त अग्रता लिइरहेको छ । मतगणनाको सुरूमा नेपाली कांग्रेस र त्यसपछि नेकपा एमालेले यहाँ अग्रसरता कायम गरेका थिए । तर पछिल्लो तीन घण्टादेखि भने रास्वपाका रमेशकुमार सापकोटाले कांग्रेस-एमालेलाई अचम्मित पार्दै लिड गरिरहेका छन् ।
मुख्य निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार १३ हजार ७४३ मतगणना गर्दा सापकोटाले ४ हजार २५४ मत पाएका छन् । एमालेका कुलमणि देवकोटाले ३ हजार ३४२ मतसहित दोस्रो, ३ हजार ३३३ मतसहित कांग्रेसका नारायण कोइराला तेस्रो नम्बरमा छन् । यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का झकबहादुर मल्लले १ हजार ५४३ मत पाएका छन् भने अन्य साना राजनीतिक दलहरुले ५०० मत कटाउन सकेका छैनन् ।
रोचक पक्ष के छ भने एमाले-कांग्रेसको बलियो किल्ला मानिएको यो क्षेत्रमा उक्त दलहरूले रास्वपालाई प्रतिस्पर्धी नै मानेका थिएनन् । वीरेन्द्रनगरको सिटी हलमा मतगणना स्थल बाहिर रहेका एक एमाले समर्थकले भने अचम्मित तरिकाले रास्वपाको मत आयो । हालसम्मको गणना अनुसार कांग्रेसकै सबैभन्दा धेरै मत रहेको पञ्चपुरी नगरपालिकाका धेरैजसो वडामा रास्वपाको मत अगाडि देखियो ।
एमाले उम्मेदवार देवकोटाले राजधानी वीरेन्द्रनगर आएपछि एमालेले अग्रता लिने जिकिर गरिरहेका छन् । तर सहरी क्षेत्रमा मतगणना हुँदा रास्वपाले मतान्तर अझै बढाउने देखिन्छ । रास्वपाका उम्मेदवार सापकोटा पूर्व कांग्रेसी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण