मकवानपुर– २ मा रास्वपाका उप्रेतीको दोब्बर मतको अग्रता
सारांश
- मकवानपुर क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेतीले दोब्बर मतको अग्रता बनाएका छन्।
- मनहरी गाउँपालिकाका ८ वटा वडाको मतगणनामा उप्रेतीले ६ हजार १९ मत प्राप्त गरे।
- कांग्रेसका बुद्ध लामाले २ हजार ८७४ र एमालेका महेश बर्तौलाले २ हजार ४०९ मत ल्याए।
हेटौँडा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेतीले दोब्बर मतको अग्रता बनाएका छन् । सुरुवाती चरणबाटै अग्र स्थानमा रहेका उप्रेतीले अग्रता दोब्बर कायम राखेका हुन् ।
हालसम्म गणना भएको मकवानपुर–२ को मनहरी गाउँपालिकाकाको २ देखि ९ सम्म (८ वटा वडाको) १५, हजार ४६४ मत गणनामा गर्दा रास्वपाका उप्रेतीले ६ हजार १९ मत पाएका छन् भने उनलाई काँग्रेस उम्मेदवार बुद्ध लामाले निरन्तर पछ्याइरहेका छन् ।
लामाले २ हजार ८७४ मत ल्याउँदा एमाले उम्मेदवार महेश बर्तौलाले २ हजार ४०९ मत पाएका छन् । नेकपाका उम्मेदवार लवशेर विष्टले १ हजार ४२७ मत पाएका छन् ।
मनहरी गाउँपालिका विषेशगरी एमाले र कांग्रेसको पक्कड क्षेत्र मानिन्छ । यद्यपि रास्वपा उम्मेदवार उप्रेती पनि मनहरीका स्थानीय हुन् । उनी मनहरी गाउँपालिका वडा नम्बर–७ का मतदाता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण