बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मकवानपुर–१ मा रास्वपालाई ५ गुणा बढी मतको अग्रता

शुक्रबार, २२ फागुन २०८२, २३ : ०७
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • मकवानपुर क्षेत्र नम्बर-१ मा रास्वपाका प्रकाश गौतमले अग्रता लिएका छन्, उनले १० हजारभन्दा बढी मत प्राप्त गरेका छन्।
  • कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना दोस्रो स्थानमा छिन्, उनले २ हजार २१३ मत प्राप्त गरेकी छिन्।
  • हेटौँडा उपमहानगरपालिकाका वडामा रास्वपाले अग्रता कायम राखेको छ, एमाले र कांग्रेस पछि परेका छन्।

हेटौँडा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदवार प्रकाश गौतमलाई ५ गुणा बढी मतको अग्रता मिलेको छ । हालसम्म गणना गरिएको हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर–२, ४, ५, ६ सहितको मतमध्ये गौतमले १० हजार मत कटाएका छन् ।

गौतमले १० हजार ७९१ मत ल्याउँदा उनलाई कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले पछ्याइरहेकी छिन् । डिनाले २ हजार २१३ मत पाएकी छिन् । रास्वपाका गौतमले सुरुवात देखिनै लिएको अग्रता निरन्तर बढ्दै गएको छ ।

डिनाको गृह वडामा नै रास्वपाले १ हजार ८०० बढी मत लिएर अग्रता बनाएको थियो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–२ मा रास्वपाका गौतमले १ हजार ८०० मत ल्याउँदा डिना ६०० मा सीमित भएकी थिइन् । एमाले र कांग्रेसको गढको रूपमा परिचित हेटौँडा बजार क्षेत्रमा नै दुवै दल पछि परेका छन् । 

मकवानपुर–१ मा उम्मेदवार रहेका एमालेका रामेश्वर रानाले हालसम्मको मतगणनामा १ हजार ९२७ मत पाएका छन् भने नेकपाका उम्मेदवार विजय गौतमले ६६० मत पाएका छन् । 

२०७९ को निर्वाचनमा सोही क्षेत्रमा जितेका राप्रपाका दीपकबहादुर सिंह पनि पछि परेका छन् । उनी चौथो स्थानमा सीमित रहेका छन् । उनलेल हालसम्मको गणनामा १ हजार ५१० मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप