प्रतिनिधिसभा निर्वाचन-२०८२
धनुषा-३ मा रास्वपाका मनिष झा विजयी
शनिबार, २३ फागुन २०८२, ०२ : ४७
सारांश
- धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिषकुमार झाले नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई पराजित गरे।
- झाले ४३ हजार १४२ मत प्राप्त गर्दा निधिले १५ हजार ९९२ मत मात्रै पाए।
- रास्वपाले हालसम्म ११ स्थानमा जित हासिल गरेको छ, र १०३ स्थानमा अग्रस्थानमा छ।
काठमाडौं । धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिषकुमार झा विजयी भएका छन् । उनले नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई २७ हजार १५० मतान्तरले पराजित गरेका छन् । झाले ४३ हजार १४२ मत ल्याउँदा निधिले १५ हजार ९९२ मत मात्रै पाए ।
नेकपा एमालेकी जुलीकुमारी महतोले ९ हजार ५१० मत ल्याइन् भने नेपाली कम्युनिस्ट पार्टीका रामललित मण्डलले ५१६ मत प्राप्त गरे । झासँगै रास्वपा हालसम्म ११ स्थानमा विजयी भएको छ भने १०३ स्थानमा मतगणनामा अग्रस्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँठाउँमा भारी वर्षा, तराईमा तापक्रम ४० डिग्री
-
आइएमईको साङ्गीतिक दूतमा गायक सपुत नियुक्त
-
विप्लव नेतृत्वको पार्टीका १२ जना केन्द्रीय नेताहरूद्वारा सामूहिक राजीनामा
-
अमेरिका–इरान वार्ता आइतबार नै हुनसक्ने
-
दास व्यापारको क्षतिपूर्ति र माफी माग गर्दै अफ्रिकी तथा क्यारिबियन देश
-
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण