इन्जुरी समयमा भालभर्डेको निर्णायक गोलले सेल्टा भिगोमाथि रियाल मड्रिडको जित
सारांश
- रियल मड्रिडले सेल्टा भिगोलाई २-१ गोलले पराजित गर्यो, खेलको अन्तिम समयमा गोल भयो।
- ओरेलियन चुवामेनीले सुरुवाती गोल गरे भने बोर्जा इग्लेसियासले सेल्टाका लागि बराबरी गोल फर्काए।
- फेडेरिको भालभर्डेले इन्जुरी समयमा गोल गर्दै रियल मड्रिडलाई जित दिलाए।
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रियाल मड्रिडले सेल्टा भिगोमाथि २–१ गोल अन्तरको कठिन तर रोमाञ्चक जित दर्ता गरेको छ । खेलको अन्तिम समयमा फेडेरिको भालभर्डेले गोल गरेपछि रियालले महत्त्वपूर्ण ३ अंक बटुल्न सफल भएको हो ।
सेल्टा भिगोको घरेलु मैदानमा भएको खेलमा रियाल मड्रिडले सुरुवाती अग्रता लिएको थियो । खेलको ११औँ मिनेटमा युवा मिडफिल्डर ओरेलियन चुवामेनीले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । तर, घरेलु टोली सेल्टा भिगोले खेलमा फर्कन धेरै समय लगाएन । खेलको २५औँ मिनेटमा बोर्जा इग्लेसियासले उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
खेल निर्धारित ९० मिनेटसम्म १–१ को बराबरीमै रोकिएको थियो थप गरिएका इन्जुरी समयको पाँचौ मिनेटमा फेडेरिको भालभर्डेले गोल गर्दै रियाल मड्रिडलाई नाटकीय जित दिलाए । खेल सकिनै लाग्दा भएको यो गोलसँगै सेल्टा भिगो स्तब्ध बन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण