मतपरिणाम
स्याङ्जा १ मा रास्वपाका धनञ्जय विजयी
शनिबार, २३ फागुन २०८२, ०६ : १४
सारांश
- स्याङ्जा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनञ्जय रेग्मी विजयी भएका छन्।
- यस क्षेत्रमा पहिलो पटक रास्वपाले जित हासिल गर्दै कांग्रेस र एमालेको रेकर्ड तोडेको छ।
- डा. रेग्मीले २९ हजार ७१ मत प्राप्त गर्दा कांग्रेसका भरतराज ढकालले १८ हजार ८ सय ५७ मत ल्याए।
पोखरा । स्याङ्जा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनञ्जय रेग्मी विजयी भएका छन् । हालसम्म काँग्रेस र एमालेले आलोपालो जित्दै आएको यो ठाउँमा पहिलो पटक जितको रेकर्ड तोडिएको हो ।
रेग्मीले २९ हजार ७१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका भरतराज ढकालले १८ हजार ८ सय ५७ मत पाए । नेकपा एमालेका उम्मेदवार मीन प्रसाद गुरुङले १६ हजार ८ सय ४ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शैलेन्द्र घिमिरेको १ हजार ५ सय ५२ मत आयो ।
स्याङ्जा १ मा सबै दलहरूको मत खुम्चिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण