विजय र्याली होइन अब परिणामको र्याली देखिनेछ : सागर ढकाल
गुल्मी । गुल्मी क्षेत्र नम्बर १ बाट जित सुनिश्चित गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकालले जनताले दिएको अभूतपूर्व माया र मतलाई जिम्मेवारी पूरा गर्ने अवसरको रूपमा लिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अबको समय उत्सव मनाउनेभन्दा पनि काम गरेर देखाउने बेला भएको उल्लेख गरेका हुन्।
उनले अब विजय र्यालीभन्दा पनि परिणामको र्याली देखाउनु आफ्नो प्राथमिकता हुने स्पष्ट पारेका छन्। निर्वाचनको परिणामलगत्तै ढकालले फिल्डमा कामको सुरुवात गरिसकेको जानकारी दिएका छन् । गुल्मीमा मतगणना चलिरहँदा नै आफूले एउटा अलपत्र अवस्थामा रहेको सिँचाइ योजनाको निरीक्षण गरेको र त्यसको समाधान निकाल्न लागिपरेको उनले बताए ।
ढकालका अनुसार आगामी दिनमा नीतिगत तहबाटै धेरै नयाँ पहलहरूको सुरुवात हुनेछ र अबको पाँच वर्ष गफभन्दा पनि परिणामले नै बोल्नेछ। जनताले राखेको विश्वासलाई उपलब्धिमा बदल्नु नै आफ्नो मुख्य लक्ष्य रहेको भन्दै उनले अब रातदिन मेहनत गरेर देशमा कायापलट ल्याउने अठोट व्यक्त गरेका छन् ।
पराजित वा विजयी जोसुकै भए पनि कसैलाई पनि राजनीतिक आस्थाका आधारमा भेदभाव नगर्ने प्रतिबद्धता ढकालले जनाएका छन्। जुनसुकै पार्टीमा आबद्ध भए पनि सबैलाई एक नेपालीको रूपमा समान व्यवहार र माया गर्ने उनले बताए।
उनले मतदाता र शुभेच्छुकहरूसँग आफूलाई फूलमाला, अबिर वा प्रशंसाभन्दा पनि काम दिन आग्रह गरेका छन्। देशभरका नेपालीहरूलाई धन्यवाद दिँदै उनले ‘हाम्रो देश नेपालका लागि हामी सबै नेपाली’ हुनुपर्ने सन्देश दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण