आनन्द पोखरेललाई प्रश्न : अब ओलीको राजीनामा माग्ने हिम्मत छ ?
सारांश
- एमाले निर्वाचनमा नराम्रोसँग पराजित भयो, जसले गर्दा हारको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको छ।
- एमाले नेता आनन्द पोखरेलले टिकट वितरणमा भएका त्रुटि र अन्य विषयमा असन्तुष्टि व्यक्त गर्दै ओलीको राजीनामाको माग गरेका छन्।
- निर्वाचन परिणामपछि एमालेको आगामी कदम र हारको जिम्मेवारीबारे नेता पोखरेलसँग रातोपाटीको 'वारपार'मा कुराकानी भएको छ।
काठमाडौं । यसपालिको निर्वाचनमा हार्ने ठाउँ नै बाँकी नरहने गरी पराजित भयो एमाले । अर्थात् यहाँभन्दा हार्ने ठाउँ नै छैन एमालेसँग । अत्यन्तै प्रतिकूल अवस्थामा पनि सानदार जित निकालेको एमालेले यो चुनावमा लज्जास्पद पराजय भोग्यो । अब पराजयको जिम्मा कसले लिन्छ त ? आफू जित्ने ठाउँ छानी-छानी टिकट लैजाने पदाधिकारीले जिम्मा लिनुपर्ने एमाले नेता आनन्द पोखरेल बताउँछन् ।
भावी प्रधानमन्त्रीमा निर्णय गर्ने अनि केपी शर्मा ओलीको नाम किन प्रचारको क्रममा कुनै उम्मेदवारले नलिएको ? पोखरेलको प्रश्न छ । उनले टिकट वितरणमा भएको त्रुटि, पूर्व राष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्य खोसिएको विषय, ईतर विचार पक्षलाई ओलीका वरिपरि बस्नेले गरेको पक्षपातपूर्ण व्यवहारबारे पोखरेले खुलेर बोलेका छन् ।
अध्यक्ष ओलीको राजीनामा माग्ने हिम्मत छ ? पोखरेल भन्छन्, ‘बैठक बस्न नदिनुस् न । बैठक बोलाइएन भने नि ? हामी तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गर्छौं,’ पोखरेल भन्छन् । निर्वाचन परिणामपछि एमालेले अब के गर्छ ? लाजमर्दो पराजयको जिम्मा कसले लिन्छ ? सबै पदाधिकारीको राजीनामा माग्ने तयारी गरिँदैछ भन्ने हल्ला कति सत्य हो ? लगायत विषयमा एमाले नेता आनन्द पोखरेलसँग रातोपाटीको ‘वारपार’मा कुराकानी गरिएको भिडियोमा हेर्न-सुन्न सकिन्छ ।
भिडियो : मनोज खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण