मतगणना नसकिँदै मतदाता भेटघाट अभियानमा दोलखाका पार्वत गुरुङ
सारांश
- नेकपा एमालेका दोलखा उम्मेदवार पार्वत गुरुङले मतदातालाई धन्यवाद दिन सुरु गरेका छन्।
- जारी मतगणनामा गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारभन्दा पछि छन्।
- गुरुङले निर्वाचनको परिणामलाई सम्मान गर्ने र जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाए।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना जारी रहेका बेला नेकपा (एमाले) दोलखाका उम्मेदवार पार्वत गुरुङले मतदातालाई धन्यवाद दिने अभियान सुरु गरेका छन् ।
शनिबार जिरीमा पुगेर उनले मतदाता पुगेर धन्यवाद दिन सुरु गरेका हुन् । जारी मतगणनाको पछिल्लो तथ्याङ्कमा नेता गुरुङभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल अगाडि छन् । नेता गुरुङले निर्वाचनको परिणामलाई सम्मान गर्ने र सधैँ दोलखाली जनताको हितमा समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाउँदै मतदातालाई धन्यवाद दिन सुरु गरेका छन् ।
उनले निर्वाचनका क्रममा खट्ने पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक सबैप्रति आभार व्यक्त गरे । उनले भने, ‘जनताले व्यक्त गर्नुभएको मत लोकतन्त्रको सबैभन्दा ठुलो शक्ति हो। त्यसैले परिणाम जे आए पनि त्यो जनमतलाई हामी सम्मान गर्छौं। निर्वाचन सकिएपछि पनि म सधैँ जनतासँगै रहनेछु।’
यसैबिच स्थानीय बासिन्दाले निर्वाचनपछि मात्र नभई परिणाम आउनुअघि नै जनतामाझ पुगेर धन्यवाद व्यक्त गर्ने नेता गुरुङको पहलले जनमतप्रतिको सम्मान र जनतासँग निरन्तर सम्बन्ध कायम राख्ने सन्देश दिएको भन्दै प्रशंसा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण