झापा–५ को समानुपातिक मतगणना आइतबार बिहान १० बजेदेखि हुने
शनिबार, २३ फागुन २०८२, २० : ०८
सारांश
- झापा-५ को समानुपातिक मतगणना भोलि बिहान १० बजेदेखि सुरु हुनेछ।
- प्रत्यक्षतर्फको मतगणना सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले समानुपातिक मत गणना गर्ने समय तोकेको हो।
- कार्यालयले समानुपातिक मतगणनाका लागि दलका प्रतिनिधिहरूलाई समयमै उपस्थित हुन आग्रह गरेको छ।
काठमाडाैँ । झापा–५ को समानुपातिक मतगणना भोलि बिहान १० बनेदेखि हुने भएको छ ।
प्रत्यक्षतर्फको मतगणना सकिएसँगै निर्वाचन अधिकृतको कार्यालयले समानुपातिक मत गणना गर्ने समय निर्धारण गरेको हो ।
शुक्रबार साँझ कार्यालयले प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सार्वजनिक गरेको थियो । कार्यालयले उक्त मतगणनाको लागि सम्बन्धित दलका प्रतिनिधिहरूलाई समयमा उपस्थित हुन आग्रह समेत गरेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण