प्रतिनिधिसभा निर्वाचन
९२ सिटको नतिजा, कसले कति सिट जिते ?
शनिबार, २३ फागुन २०८२, २० : ४४
सारांश
- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ, जसमा ९२ सिटको नतिजा आइसकेको छ।
- राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ७४ सिट जितेको छ भने ४८ सिटमा अग्रता कायम गरेको छ।
- नेपाली कांग्रेस दोस्रो स्थानमा, नेकपा एमाले तेस्रो र नेकपा चौथो स्थानमा रहेका छन्।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म ९२ सिटको नतिजा आइसकेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ७४ सिटमा जित हात पारेको छ । पार्टीले ४८ सिटमा अग्रता बनाइरहेको छ ।
दोस्रो स्थानमा नेपाली कांग्रेसले १० सिटमा जित र ९ सिटमा अग्रता बनाएको छ । नेकपा एमाले ३ सिटमा जित र ८ मा अग्रतासहित तेस्रो स्थानमा छ ।
चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ३ सिटमा जित र ४ सिटमा अग्रता बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ मात्र सिट जित्दा अन्य कुनै पनि स्थानमा अग्रता बनाउन सकेको छैन ।
स्वतन्त्र उम्मेदवार १ जनाले जितेका छन् भने श्रम संस्कृति पार्टीले ३ सिटमा अग्रता बनाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण