सिराहा–४ मा रास्वपाका तपेश्वर यादव निर्वाचित
शनिबार, २३ फागुन २०८२, २२ : ५०
सिरहा । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तपेश्वर यादव निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न मतगणनाअनुसार यादवले ३६ हजार २१० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का अजय शंकर नायकले ७ हजार ९७२ मत मात्र प्राप्त गरे ।
विसं २०४९ सालमा जन्मिएका तपेश्वर यादव राजनीतिक यात्रामा लाग्नु अगाडि मिर्चैया नगरपालिकामा इन्जिनियर कर्मचारीको रूपमा कार्यरत थिए ।
यादवले नेशनल इन्जिनियर एसोसिएसन नेपाल स्थापना गर्दै सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रियता देखाएका थिए । सोही अनुभवलाई आधार बनाएर उनले राजनीति यात्रा अघि बढाए ।
निर्वाचित भएपछि यादवले मतदाताप्रति आभार व्यक्त गर्दै विकास, सुशासन र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण