आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कैलाली–४ बाट रास्वपाका कोइरालाको जित सुनिश्चित

शनिबार, २३ फागुन २०८२, २३ : २८
शनिबार, २३ फागुन २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खेमराज कोइरालाको जित सुनिश्चित भएको छ।

अब गणना हुन बाँकी मत भन्दा बढी मतको अग्रता भएपछि कोइरालाको जित सुनिश्चित भएको हो । क्षेत्र नम्बर–४ मा प्रत्यक्षतर्फ जम्मा ६३ हजार ३४ मत खसेकोमा ५१ हजार २७२ मत गणना सकिएको छ ।

यस्मा कोइरालाले २४ हजार ९२१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार गोरख बहादुर विष्ट (आनन्द)ले ९ हजार २७ मत पाएका छन् ।

कोइराला १५ हजार ८२४ मतले अगाडि हुँदा अब गन्न बाँकी मत ११ हजार ७६२ मात्रै रहेको छ । यस क्षेत्रमा १ लाख १५ हजार १४३ जना मतदाता रहेकोमा ३१ हजार २५६ महिला र ३१ हजार ७७८ जना पुरुष गरी जम्मा ६३ हजार ३४ जना मतदान प्रक्रियामा सहभागी भएका थिए ।

जुन कुल मतदाता संख्याको ५४.७४ प्रतिशत हो । त्यस्तै यस क्षेत्रको अस्थाई मतदान केन्द्र तेघरीमा २३ महिला र २३४ पुरुष गरी २५७ जनाले मतदान गरेको कैलाली–४ का निर्वाचन अधिकृत हरिप्रसाद आर्चायले जानकारी दिएका छन् ।

राति ११ बजेसम्म गोदावरी, गौरीगंगा र मोहन्यालको मतगणना सकिएको छ भने अब चुरे गाउँपालिकाका ६ वडा मात्रै बाँकी रहेका छन्। सामान्य अवस्था रहे राती २ बजेसम्म मत गणना सम्पन्न हुने निर्वाचन अधिकृत आर्चायले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप