०७९ मा राष्ट्रिय पार्टीको मान्यता पाएका ५ दलका अध्यक्ष बन्न सकेनन् सांसद
सारांश
- २०७९ को निर्वाचनमा ५ राष्ट्रिय दलका अध्यक्ष पराजित भए।
- कांग्रेसका गगन थापा, एमालेका केपी शर्मा ओली, राप्रपाका राजेन्द्र लिङ्देन लगायतका नेताहरूले हार बेहोरे।
- रास्वपाका रवि लामिछाने र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' मात्र निर्वाचित भए।
काठमाडौँ । २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय पार्टीको मान्यता पाएका ५ राजनीतिक दलका अध्यक्ष ०८२ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । गत बिहीबार भएको निर्वाचनमा ती पार्टीका अध्यक्षले मात्रै हारेका छैनन्, पार्टीका तर्फबाट उम्मेदवार बनेका पनि सीमित संख्यामा मात्रै जितेका छन् ।
०७९ को निर्वाचनबाट प्रतिनिधिसभामा सबैभन्दा ठुलो पार्टी बनेको नेपाली कांग्रेसका सभापति गगन थापा, दोस्रो ठुलो पार्टी बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रिय पार्टी बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पराजित भएका हुन् ।
त्यो निर्वाचनमा ७ दल राष्ट्रिय पार्टी बनेका थिए । राष्ट्रिय पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन नेकपा (माओवादी केन्द्र) अहिलेको नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मात्रै यो निर्वाचनमा निर्वाचित भएका छन् । बाँकी सबै पार्टीका अध्यक्षले पराजय व्यहोरेको नतिजा आइसकेको छ ।
कांग्रेस सभापति थापा सर्लाही–४ मा रास्वपाका उम्मेदवार डा. अमरेश कुमार सिंहसँग पराजित भए । डा. सिंह ३५ हजार ६८८ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी बनेका कांग्रेस सभापति थापाले २२ हजार ८३१ मत मात्रै ल्याउन सके ।
झापा–५ बाट उम्मेदवार बनेका एमाले अध्यक्ष केपी शर्मा ओली रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहसँग फराकिलो मतान्तरले पराजित भए । शाह ६८ हजार ३४८ मत ल्याएर निर्वाचित हुँदा ओलीले जम्म १८ हजार ७३४ मत मात्रै ल्याउन सके ।
राप्रपा अध्यक्ष लिङदेन झापा–३ मा उम्मेदवार बनेका थिए । उनी रास्वपा उम्मेदवार प्रकाश पाठकसँग दोब्बर मतान्तरले पराजित भए । पाठकले ३८ हजार ६७४ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी बनेका लिङ्देनले १७ हजार २९४ मत मात्रै ल्याउन सके ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादव सप्तरी–३ बाट उम्मेदवार बनेका थिए । उनी रास्वपा उम्मेदवार अमरकान्त चौधरीसँग दोब्बर भन्दा बढी मतले पराजित भए । चौधरीले २९ हजार ९४३ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी बनेका यादवले १३ हजार ४३५ मत मात्रै ल्याउन सके ।
जनमत पार्टीका अध्यक्ष डा. राउत सप्तरी २ बाट उम्मेदवार भएका थिए । नतिजा नआएको त्यो क्षेत्रमा डा. राउत तेस्रोमा छन् । रास्वपा उम्मेदवार रामजी रामले २२ हजार १११ मत ल्याएर अग्र स्थानमा छन् । उनलाई जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उमेशकुमार यादवले १० हजार ५४९ मत ल्याएर पच्छ्याइरहेका छन् । डा. राउत ७ हजार ९८३ मतसहित तेस्रोमा छन् । मतगणना अन्तिम अन्तिम अवस्थामा पुगेकाले राउतले १४ हजार मतान्तरलाई कभर गर्ने सम्भावना देखिन्न ।
गत निर्वाचनमा राष्ट्रिय पार्टी बनेका जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीको त अहिले प्रतिनिधिसभामा प्रतिनिधित्वसमेत नहुने निश्चित भएको छ । प्रत्यक्षमा १ सिट र समानुपातिकमा खसेर सदर भएको मतको ३ प्रतिशत पाउने पार्टी राष्ट्रिय पार्टीको मान्यता पाउँछन् । समानुपातिकमा सिट पाउनका लागि प्रत्यक्षमा १ सिट जितेकै हुनुपर्छ । तर, दुवै पार्टीले अहिलेसम्म जितेका छैनन् । अन्तिम अन्तिममा पुगेको मत गणनामा दुवै पार्टीका उम्मेदवारले कतै पनि अग्रता लिएका छैनन् ।
गत निर्वाचनमा कांग्रेस प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिटसहित ८९ सिट ल्याएर पहिलो पार्टी बनेको थियो । एमाले प्रत्यक्षमा ४५ र समानुपातिकमा ३३ गरी ७८ मत ल्याएर दोस्रो पार्टी बनेको थियो ।
तत्कालीन नेकपा (माओवादी केन्द्र प्रत्यक्षमा १८ र समानुपातिकमा १२ सिटसहित ३२ सिट ल्याएर तेस्रो पार्टी बनेको थियो । रास्वपाले प्रत्यक्षमा ९ र समानुपातिकमा ११ सिट ल्याएर चौथो पार्टी बनेको थियो । त्यो बाहेक जनता समाजवादी पार्टी नेपाल, राप्रपा र जनमत पार्टीले प्रत्यक्षतर्फ जितेको र समानुपातिकमा ३ प्रतिशत मत ल्याएकाले राष्ट्रिय पार्टी बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण