तीन पटक चुनाव जितेका भण्डारी चौथो पटक भने तेस्रो बने
सारांश
- बैतडीबाट लगातार तीन पटक चुनाव जितेका एमाले उम्मेदवार दामोदर भण्डारी यस पटक तेस्रो स्थानमा सीमित भए।
- रास्वपाका हरि मोहन भण्डारीले चुनाव जित्दा, नेपाली कांग्रेसका चतुर बहादुर चन्द दोस्रो र दामोदर भण्डारी तेस्रो भए।
- यसअघि मन्त्री समेत भइसकेका दामोदर भण्डारी एमाले भित्र केपी शर्मा ओलीका विश्वासिला पात्र मानिन्छन्।
धनगढी । बैतडीबाट लगातार तीन पटक चुनाव जितेका एमाले उम्मेदवार दामोदर भण्डारी यस पटक भने तेस्रो स्थानमा सीमित भएका छन्।
चौथो पटक चुनाव लड्दा भण्डारी तेस्रो बने। रास्वपाका उम्मेदवार हरि मोहन भण्डारीले २२ हजार १३४ मत ल्याउँदा दामोदर भण्डारीले भने १७ हजार ११ मतका साथ तेस्रो स्थानमा सीमित भए।
उनी नेपाली कांग्रेसका उम्मेदवार चतुर बहादुर चन्दभन्दा पनि पछि परे। चन्दले भने १८ हजार १९४ मत प्राप्त गरे।
जिल्लामा एमालेका खम्बा बनेका भण्डारी एकल सिफारिस भएका उम्मेदवार थिए। यहाँ उनको राजनीतिक ग्राफ पनि निरन्तर उकालो लागेको देखिन्थ्यो, तर यस पटक भने त्यसमा ब्रेक लाग्यो।
भण्डारी यस पटक संसद् सम्म पुग्न नसके पनि यसअघि केन्द्र सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका थिए।
भण्डारी एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीका विश्वासिला पात्र मानिन्छन्। २०७२ सालमा ओली नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्रीको जिम्मेवारी पाएका उनी २०७९ सालमा छोटो समयका लागि उद्योगमन्त्री बनेका थिए। लगत्तै राजनीतिक समीकरण बदलिएपछि सत्ताबाट बाहिरिएका भण्डारी पुनः २०८० साल फागुन २३ गते तेस्रो पटक मन्त्री बने। उनी ०८१ असार ३१ मा चौथो पटक मन्त्री बनेका थिए।
उनले बैतडीबाट लगातार तीन पटक जित हात पारिसकेका छन्। २०७० को दोस्रो संविधान सभा, २०७४ को प्रतिनिधि सभा र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा विजयी हुँदै उनले संसद् यात्रा तय गरेका थिए। उनी एमालेका केन्द्रीय कमिटी सदस्यसमेत हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण