शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इरानको मिश्रित प्रतिक्रियाले भड्काउला युद्ध ?

आइतबार, २४ फागुन २०८२, १२ : ४०
आइतबार, २४ फागुन २०८२

सारांश

  • इरानका सर्वोच्च नेताको मृत्युपश्चात् इरानभित्रै युद्धको दिशाबारे अन्योल र मतभेद देखिएको छ।
  • राष्ट्रपति पेजेश्कियनले खाडी क्षेत्रमा आक्रमणबारे माफी मागेपछि पछि हटे, र विभिन्न देशहरूमा मिसाइल आक्रमणका घटना सार्वजनिक भए।
  • विश्लेषकहरूका अनुसार, इरानमा कठोरपन्थीहरू बदला लिन चाहन्छन् भने केही कूटनीतिक समाधान खोजिरहेका छन्।

तेहरान । इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनीको मृत्यु भएपछि इरानभित्रबाट आइरहेका फरक–फरक सन्देशहरूले युद्धको आगामी दिशा अन्योलपूर्ण बनेको देखिएको छ । इरानी नेतृत्वभित्र मतभेद रहेको संकेत पनि देखिएको विश्लेषकहरू बताउँछन् । शनिबार इरानका राष्ट्रपति मसुद पेजेश्कियनले खाडी क्षेत्रका देशहरूमा गरिएको इरानी आक्रमणबारे दुःख व्यक्त गर्दै क्षमायाचना गरेका थिए । तर केही समयमै इरानका अन्य नेताहरूको आलोचना भएपछि उनले आफ्नो भनाइबाट पछि हटेका थिए । यसैबिच आइतबार बिहान पर्सियन खाडी क्षेत्रका विभिन्न देशहरूले मिसाइल र ड्रोन आक्रमण तथा अवरोध गरिएको घटनाबारे जानकारी दिएका छन् ।

उता इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले शनिबार टेलिभिजनमार्फत राष्ट्रलाई सम्बोधन गर्दै नेतृत्वभित्र कुनै विभाजन नभएको दाबी गरेका छन् । उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धका कारण मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएका छन् । विश्लेषकहरूका अनुसार यी परस्पर विरोधी अभिव्यक्तिले इरानको राजनीतिक प्रणालीभित्र रहेको दबाब र गुटबन्दीलाई देखाउँछ । मिडल इष्ट इन्ष्टिच्यूटका इरान कार्यक्रम निर्देशक अलेक्स भाटान्काका अनुसार इरानमा कठोरपन्थीहरू खामेनीको हत्या बदला लिन चाहिरहेका छन् भने केही व्यावहारिक नेताहरू कूटनीतिक समाधानको आशा गरिरहेका छन् । इरानभित्रबाट आइरहेको यस्तो प्रतिक्रियाले इरान युद्ध भड्काउने हो कि भन्ने विश्लेषक गर्न थालिएको छ ।

यसैबिच इरानको असेम्ब्ली अफ एक्सपर्ट्सले नयाँ सर्वोच्च नेता चयन गर्ने तयारी गरिरहेको समाचार आएको छ । तर विश्लेषकहरूका अनुसार नयाँ नेता चयन गर्नु मुख्यतः राजनीतिक सन्देश दिने कदम मात्र हुन सक्छ । वाटान्काका अनुसार इरानको शक्तिशाली सुरक्षा निकाय इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)ले कम्तीमा पछिल्ला दुई दशकदेखि रणनीतिक निर्णयहरूमा निर्णायक भूमिका खेलेको छ । त्यसैले नयाँ सर्वोच्च नेता चयन भए पनि वास्तविक शक्ति संरचनामा ठुलो परिवर्तन नहुन सक्ने अनुमान गरिएको छ ।

उनका अनुसार नयाँ नेता चयन गर्ने प्रक्रिया विश्व समुदाय र इरानी जनतालाई प्रणाली अझै कायम छ भन्ने सन्देश दिनका लागि बढी महत्त्वपूर्ण हुन सक्छ । यस वर्षको सुरुवातमा इरानमा सरकारविरोधी प्रदर्शनहरू पनि भएका थिए, जसले नेतृत्वमाथि थप दबाब सिर्जना गरेको बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप