हर्कलाई बालेनले भने– तपाईं र धरानलाई सधैँ माया छ
आइतबार, २४ फागुन २०८२, १३ : ५५
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी क्षेत्र नम्बर १ बाट आफू पहिलो भएको घोषणा गरेपछि रास्वपा नेता प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रतिक्रिया दिएका छन्।
साम्पाङले आइतबार सामाजिक सञ्जालबाट यस्तो घोषणा गरेपछि बालेनले पनि त्यसमा कमेन्ट गर्दै हर्क र धरानलाई सधैँ आफ्नो माया रहेको प्रतिक्रिया दिएका हुन् । “लु अब चाहिँ सुनसरी १ बाट म पहिलो भएको घोषणा गर्दछु ! जय माटो ! जय देश !! जय श्रम संस्कृति !!!” साम्पाङले फेसबुकमा लेखेका थिए ।
यसपछि बालेनले उक्त पोस्टमा प्रतिक्रिया दिँदै भने, “तपाईंलाई सधैँ माया थियो, छ र रहनेछ। तपाईं र धरानलाई सधैँ माया छ ।” साम्पाङले बालेन र रास्वपाको चर्को आलोचना गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण