बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
भोजपुर १

ध्रुवराज राई: स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसदसम्म

सोमबार, २५ फागुन २०८२, ०४ : ५२
सोमबार, २५ फागुन २०८२

भोजपुर । भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–४, नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मिएका ध्रुवराज राई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरबाट श्रम संस्कृति पार्टीबाट निर्वाचित भएका छन् । नेकपा (एमाले) मा रहेर विद्यार्थी तहबाट नै नेता बन्नुभएका राई भोजपुर बहुमुखी क्याम्पसको दुई पटक स्ववियु सभापति हुँदै टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । त्रिचालिस वर्षीय राई २०६२/६३ को जनआन्दोलनमा समेत अग्रपङ्क्तिमा थिए ।

विसं २०७४ को स्थानीय निर्वाचनमा राई कांग्रेस, माओवादी र सङ्घीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै पालिका अध्यक्षमा विजयी बनेका थिए । सोही समय उनले अन्धकारमा रहेको टेम्केमैयुङ गाउँपालिका विद्युत्को पहुँच पुर्‍याउँदै गाउँ नै झिलिमिली बनाएका थिए । स्थानीय तहको २०७९ को निर्वाचनमा भने राई कांग्रेसका सरोज बस्नेतसँग पराजित भए ।

राई एमाले परित्याग गर्दै हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीमा केही महिना अगाडि मात्र प्रवेश गरेका थिए । सोभन्दा अगाडि राई एमालेको कोशी प्रदेश कमिटी सदस्य रहेका थिए । एमाले छोडेका राईले सोही पार्टीका केन्द्रीय सचिव शेरधन राईलाई एक हजार ९१३ मतले पछि पार्दै विजयी हासिल गरेका हुन् । उनले १६ हजार ६६३ मत प्राप्त गर्दा एमाले उम्मेदवार राईले १४ हजार ७ सय ५० मत प्राप्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप