आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतीय क्रिकेटर पृथ्वी शाले गरे इन्गेजमेन्ट

सोमबार, २५ फागुन २०८२, ०७ : ५०
सोमबार, २५ फागुन २०८२

सारांश

  • भारतीय क्रिकेटर पृथ्वी शाले इन्फ्लुएन्सर आकृति अग्रवालसँग इन्गेजमेन्ट गरेका छन्।
  • शाले इन्स्टाग्राममार्फत इन्गेजमेन्टको जानकारी दिँदै जीवनभरको साझेदारीको कुरा गरेका छन्।
  • आकृति अग्रवाल एक अभिनेत्री, मोडल र सामाजिक सञ्जाल इन्फ्लुएन्सर हुन्, जसका ३० लाखभन्दा बढी फलोअर्स छन्।

मुम्बई । भारतीय क्रिकेटका प्रतिभावान ब्याटर पृथ्वी शाले आफ्नो जीवनको नयाँ इनिङ्स सुरु गरेका छन्। सन् २०१८ मा भारतलाई अन्डर–१९ विश्वकप जिताउन सफल कप्तान शाले चर्चित इन्फ्लुएन्सर तथा अभिनेत्री आकृति अग्रवालसँग इन्गेजमेन्ट गरेका हुन्। 

आइतबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत तस्बिरहरू सार्वजनिक गर्दै उनले यसबारे जानकारी दिएका हुन्। आफ्नो इन्गेजमेन्टको खुसी साट्दै शाले इन्स्टाग्राममा लेखेका छन्, ‘मैदानमा छक्का प्रहार गर्नेदेखि मैदानबाहिर जीवनभरको साझेदारीसम्म, उनी मेरो लागि 'परफेक्ट' इनिङ्स हुन्।’ 

शाको यो पोस्टमा गायक स्टेबिन बेन, अभिनेता सिद्धान्त कपुर र क्रिकेटर राहुल चहारलगायत धेरै सेलिब्रेटीहरूले बधाई दिएका छन्।

befunky-sample-2026-03-08t165013547_1772968834

को हुन् आकृति अग्रवाल?

पृथ्वी शाकी हुनेवाला दुलही आकृति अग्रवाल एक सफल अभिनेत्री, मोडल र सामाजिक सञ्जाल इन्फ्लुएन्सर हुन्। इन्स्टाग्राममा ३० लाखभन्दा बढी फलोअर्स रहेकी आकृतिले कन्टेन्ट क्रिएटरका रूपमा आफ्नो करियर सुरु गरेकी थिइन्। 

युट्युबमा समेत लोकप्रिय रहेकी उनले हालै तेलुगु फिल्म ट्रिमुखाबाट चर्चा कमाएकी छन्। गत जनवरी ३० मा रिलिज भएको उक्त फिल्ममा उनले सन्नी लियोनी, योगेश कल्ले र आदित्य श्रीवास्तव जस्ता कलाकारहरूसँग काम गरेकी छन्।

befunky-sample-2026-03-08t164912098_1772968835

पृथ्वी शाको क्रिकेट यात्रा

पृथ्वी शाले सन् २०१८ मा वेस्ट इन्डिजविरुद्धको टेस्ट डेब्युमै शतक प्रहार गरेर विश्व क्रिकेटमा सनसनी मच्चाएका थिए। डेब्यु टेस्टमा शतक प्रहार गर्ने उनी सबैभन्दा कम उमेरका भारतीय खेलाडीमध्ये एक हुन्। 

पछिल्लो समय केही उतारचढाव भोगेका शाले सन् २०२५ मा मुम्बई छोडेर महाराष्ट्रको टोलीबाट खेल्न थालेका थिए, जहाँ उनले बुची बाबु प्रतियोगिताको डेब्यु खेलमै शतक प्रहार गरेर आफ्नो लय फर्किएको संकेत दिएका थिए।

आईपीएल २०२६ को लिलामीमा दिल्ली क्यापिटल्सले उनलाई ७५ लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप