रास्वापा उम्मेदवार साहले उम्मेदवारी खारेजीविरुद्ध दिएको रिट न्यायाधीश निरौलाको इजलासमा
सारांश
- निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि रास्वपाका उम्मेदवार किशोरी साहले सर्वोच्चमा रिट दायर गरेका छन्।
- साहले आफ्नो उम्मेदवारी कायम राख्न माग गर्दै निर्वाचन आयोगविरुद्ध रिट दिएका हुन्।
- धनुषा क्षेत्र नम्बर १ मा मतगणना सम्पन्न भए पनि अदालतको निर्णय नआएकाले नतिजा सार्वजनिक भएको छैन।
काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार किशाेरी साहले दिएको रिट सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ । साहले दिएको रिट न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासमा सुनुवाइ हुँदैछ ।
साहले आफ्नो उम्मेदवार कायम रहनुपर्ने माग गर्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दिए छन् । ठेक्कापट्टाबाट राजनीतिमा प्रवेश गरेका धनुषा निर्वाचन क्षेत्र नम्बर १ का रास्वपाका उम्मेदवार साहको उम्मेदवारी कालोसूचीमा रहेको उजुरीपछि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो । किशोर कन्स्ट्रक्सनका किशोरीलाल साहलाई २०८० पुस ६ र २०७९ असोज ३१ मा कालोसूचीमा राखिएको कर्जा सूचनाको केन्द्र वेबसाइटमा उल्लेख छ । निर्वाचनको दुई दिनअघि निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको हो ।
यहाँ नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट मातृका प्रसाद यादव उम्मेदवार रहेका छन् । यो निर्वाचन क्षेत्रमा मतगणना सम्पन्न भइसकेको छ तर अदालतमा मुद्दा विचाराधीन रहेकाले निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण