जेनजी आन्दोलनमा कारागारबाट भागेका जबरजस्ती करणीका कैदी पक्राउ
सारांश
- प्रहरीले ६ महिनापछि जेनजी आन्दोलनको मौका छोपी फरार भएका कैदीलाई पक्राउ गरेको छ।
- सप्तरीको कञ्चनपुरमा लुकिछिपी बसेका जबरजस्ती करणी मुद्दाका कैदी समिउल्लाह मिया पक्राउ परे।
- फरार कैदी मियालाई झुम्का कारागार सुनसरी पठाइयो, उनलाई १० वर्ष कैद सजाय सुनाइएको थियो।
सप्तरी । प्रहरीले जेनजी आन्दोलनको मौका छोपी कारागारबाट फरार भएका एक जना कैदीलाई ६ महिनापछि पक्राउ गरेको छ। २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी समिउल्लाह मिया पक्राउ परेका हुन्।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले ४४ वर्षीय मियालाई सप्तरीको कञ्चनपुर नगरपालिका–७ बलुवा टोलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको हो। डोरला नामले समेत चिनिने मिया कञ्चनपुर–६ घोघनपुरका स्थायी बासिन्दा हुन्। उनलाई जबरजस्ती करणी मुद्दामा अदालतले १० वर्ष कैदको सजाय सुनाएको थियो।
झुम्का कारागारबाट भागेदेखि नै प्रहरीको खोजी सूचीमा रहेका उनलाई आइतबार साँझ साढे ७ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका मियालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सोमबार पुनः झुम्का कारागार सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण