राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छ : रामकुमारी झाँक्री
काठमाडाैँ । नेकपा (एमाले)का राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिने बताएकी छन्। सोमबार राष्ट्रिय सभा सांसद पदको सपथ लिएलगत्तै उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो प्रतिक्रिया दिएकी हुन् ।
सांसद झाँक्रीले राष्ट्र र जनताको पक्षमा हुने संविधानसम्मत सबै वस्तुहरुमा छलफल गरेर अघि बढ्न एमाले तयार रहेको बताइन् । उनले संविधानमा अपरिवर्तनीय भनेर राखिएका प्रावधानबाहेक सबै विषयमा छलफल गर्न सकिने बताइन् ।
नवनिर्वाचित सांसद झाँक्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभा खारेज गर्न चाहेको छ नि ? भनेर प्रश्न गरिएको थियो । उनले भनिन्,‘राष्ट्र र जनताको पक्षमा हुने संविधान सम्मत हर चिजहरु संविधानक केही अपरिवर्तनीय धाराहरुबाहेक सबै परिवर्तनशील छन । सबै प्रावधानहरु परिवर्तन हुन्छ । संविधानमा के चिज अपरिवर्तनीय भनेर संविधानमा लेखिएकै छ । त्यसकारण यी सबै विषयहरुमा छलफल हुन सक्छ ।’
सद झाँक्रीले निर्वाचनको समिक्षा लगायतका विषयमा छलफल गर्न पार्टीले छिट्टै समिक्षात्मक बैठक बोलाउने पनि बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण