काभ्रेपलान्चोकका दुवै क्षेत्रमा रास्वपा विजयी: समानुपातिकमा पहिलो
सारांश
- काभ्रेपलाञ्चोकका दुवै क्षेत्रमा रास्वपाले चुनाव जित्यो र समानुपातिकमा पनि अगाडि रह्यो।
- क्षेत्र नं १ मा रास्वपाले ३२,६२९ मत ल्यायो भने कांग्रेस दोस्रो स्थानमा रह्यो।
- क्षेत्र नं २ मा रास्वपाले ५५,५३३ मत ल्याएर अग्रता लियो, कांग्रेस दोस्रोमा रह्यो।
काभ्रेपलान्चोक । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलान्चोकको दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी हुँदा पनि समानुपातिक मतमा पनि पहिलो भएको छ ।
काभ्रेपलाञ्चोकमा सोमबार साँझ सम्पन्न समानुपातिक मत परिणामअनुसार दुवै क्षेत्रमा रास्वपा पहिलो बनेको हो । मतपरिणमअनुसार रास्वपाले काभ्रेपलाञ्चोकमा ८८ हजार १६२ समानुपातिक मत पाएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्षेत्र नं १ मा रास्वपाले ३२ हजार ६२९ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ । उक्त क्षेत्रमा नेपाली कांग्रेस १४ हजार ५५१, राष्ट्रिय परिवर्तन पार्टी १३ हजार ६९९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ११ हजार ९५२ र नेपाल कम्युनिस्ट पार्टी (एमाले) ११ हजार ३८६ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी एक हजार ४४८ मत प्राप्त गरेको छ ।
काभ्रेपलान्चोक–२ मा रास्वपाले ५५ हजार ५३३ मत प्राप्त गरी अग्रता लिएको छ । उक्त क्षेत्रमा अन्य प्रमुख दल नेपाली कांग्रेस १४ हजार ७४५, एमाले १२ हजार ७८२, राष्ट्रिय परिवर्तन पार्टी सात हजार २७६, नेकपा छ हजार ५४, राप्रपा दुई हजार ४२६ मत प्राप्त गरेका छन् ।
जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत निकुञ्ज श्रीवास्तवका अनुसार दुवै क्षेत्रमा रास्वपाले अग्रता कायम गरेको हो । दुवै क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार विजयी भएका जनाउँदै क्षेत्र नं १ मा मधुकुमार चौलागाईँ र क्षेत्र नं २ मा बदनकुमार भण्डारी विजयी भएका उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण