ला लिगाः एस्पान्योल र रियल ओभिएडोबीचको खेल बराबरीमा सकियो
मङ्गलबार, २६ फागुन २०८२, ०३ : ५८
सारांश
- एस्पान्योल र रियल ओभिएडोबीचको खेल १-१ गोलको बराबरीमा सकियो।
- रियल ओभिएडोका अल्बर्टो रेनाले सुरुवाती गोल गरेर अग्रता दिलाए।
- एस्पान्योलका किके गार्सियाले गोल फर्काएर खेललाई बराबरीमा ल्याए।
काठमाडौँ। स्पेनिस ला लिगाअन्तर्गत मंगलबार भएको खेलमा एस्पान्योल र रियल ओभिएडोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खेलको सुरुवातमै आक्रामक देखिएको रियल ओभिएडोले आठौँ मिनेटमा अग्रता लिएको थियो । ओभिएडोका लागि अल्बर्टो रेनाले गोल गर्दै टोलीलाई १–० को स्थितिमा पुर्याएका थिए । सुरुवाती गोलले दबाबमा परेको एस्पान्योलले खेलको ३६औँ मिनेटमा पुनरागमन गर्यो ।
एस्पान्योलका तर्फबाट किके गार्सियाले ३६औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । पहिलो हाफमै दुवै टोलीले १–१ गोल गरे पनि त्यसपछिको बाँकी समयमा दुवै तर्फबाट थप गोल हुन सकेन ।
निर्धारित समयसम्म थप गोल हुन नसकेपछि दुवै टोलीले १–१ अंक बाँड्दै चित्त बुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण