युद्ध चाँडै अन्त्य हुने ट्रम्पको संकेतपछि तेलको भाउमा सुधार
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइपछि विश्व बजारमा कच्चा तेलको मूल्य घट्यो।
- ब्रेन्ट क्रुडको मूल्य ८.५ प्रतिशतले घटेर प्रति ब्यारेल ९२ डलर ५० सेन्टमा झर्यो।
- एसियाली सेयर बजारमा सुधार देखियो, निक्केई-२२५ सूचकाङ्क २.८ प्रतिशतले बढ्यो।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी युद्ध 'छिट्टै अन्त्य हुने' संकेत दिएपछि विश्व बजारमा कच्चा तेलको मूल्य घटेको छ । मंगलबार बिहान एसियाली कारोबारमा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ ।
विश्व बजारको मानक मानिने ब्रेन्ट क्रुडको मूल्य करिब ८ दशमलव ५ प्रतिशतले घटेर प्रति ब्यारेल ९२ डलर ५० सेन्टमा आएको छ । त्यसैगरी अमेरिकामा कारोबार हुने तेलको मूल्य पनि झण्डै ९ प्रतिशतले घटेर प्रति ब्यारेल ८८ डलर ६० डलरमा झरेको छ ।
मूल्य घटे पनि हालको दर युद्ध सुरु हुनुअघिको तुलनामा अझै करिब ३० प्रतिशत धेरै हो । तेलको मूल्यमा यो कमी अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार दिएको अभिव्यक्तिपछि आएको हो । उनले जारी युद्ध धेरै चाँडै अन्त्य हुने दाबी गरेका थिए । उनको यस अभिव्यक्तिले ऊर्जा बजारमा तनाव केही कम हुने अपेक्षा बढाएको छ ।
तेल बजारमा सुधार आएसँगै मंगलबार एसियाली सेयर बजारमा पनि सुधार देखिएको छ । जापानको बेञ्चमार्क निक्केई–२२५ सूचकाङ्क करिब २ दशमलव ८ प्रतिशतले बढेको छ भने दक्षिण कोरियाको कोस्पी सूचकाङ्क ५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । युद्धका कारण तेलको मूल्य तीव्र रूपमा बढ्दा एसियाली बजारहरू दबाबमा परेका थिए । एसियाका धेरै देशहरू खाडी क्षेत्रका प्रमुख तेल आयातकर्ता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण