गायिका रिहानाको घरमा गोली चल्यो, एक महिला पक्राउ
सारांश
- बेभर्ली हिल्सस्थित रिहानाको घरबाहिर गोली चल्यो, उनी सुरक्षित छिन्।
- लस एन्जलस पुलिसले गोली चलाउने ३० वर्षीया महिलालाई पक्राउ गर्यो।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ, कलाकारहरूलाई निशाना बनाउने घटना बढेको छ।
चर्चित हलिउड पप स्टार रिहानाको घरबाहिर गोली हानिएको छ । क्यालिफोर्नियाको बेभर्ली हिल्सस्थित उनको निवासलाई लक्षित गरी आइतबार दिउँसो अन्धाधुन्ध गोली प्रहार भएको हो । यस घटनामा रिहाना पूर्ण रूपमा सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
लस एन्जलस पुलिसका अनुसार यो घटना आइतबार दिउँसो करिब १ः२१ बजे भएको थियो। रिहानाको घरको गेट अगाडि सडकको अर्को छेउमा रोकिएको एउटा गाडीबाट करिब १० राउन्ड गोली चलाइएको थियो ।
लस एन्जलस टाइम्सको रिपोर्ट अनुसार, एउटा गोली घरको पर्खाल नै वारपार भएको छ। प्रहरीले तत्काल कारबाही गर्दै घटनास्थलबाटै एक ३० वर्षीया महिलालाई पक्राउ गरेको छ । गोली चलेको समय रिहाना आफ्नै घरभित्रै रहेकी थिइन् । घटना लगत्तै उनको सुरक्षा व्यवस्था कडा पारिएको छ । ती महिलाले रिहानालाई नै निशाना बनाएकी हुन् वा यसको पछाडि अन्य कुनै कारण छ भन्नेबारे प्रहरी अनुसन्धान गरिरहेको छ।
पछिल्लो समय कलाकारहरूलाई निशाना बनाउने क्रम बढेको छ। यसअघि क्यानडामा भारतीय कमेडियन कपिल शर्माको ‘क्याप्स क्याफे’ मा तीन पटक फायरिङ भएको थियो । भारतमा पनि अप्रिल २०२४ मा सलमान खानको ‘ग्यालेक्सी अपार्टमेन्ट’ र ३१ जनवरी २०२६ मा निर्देशक रोहित शेट्टीको घरमा गोली प्रहार भएको थियो।
रिहाना हालै आफ्नो व्यक्तिगत जीवनका कारण पनि चर्चामा छिन्। उनले सेप्टेम्बर २०२५ मा आफ्नो तेस्रो सन्तानलाई जन्म दिएकी थिइन् । र्यापर एएपी रकीसँगको सम्बन्धमा रहेकी रिहानाले हालै एक अन्तर्वार्तामा आफ्नो जीवन सधैँ सोचेजस्तो ढाँचामा नचल्ने बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण