शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिला दिवसको अवसरमा हार्दिक आईभीएफले आईयूआई सेवा निःशुल्क प्रदान गर्ने

मङ्गलबार, २६ फागुन २०८२, १३ : २३
मङ्गलबार, २६ फागुन २०८२

सारांश

  • हार्दिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टरले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा निःशुल्क स्वास्थ्य सेवा घोषणा गरेको छ।
  • आईयूआई सेवा २४ फागुनदेखि २४ चैतसम्म निःशुल्क उपलब्ध हुनेछ, जसको सामान्य लागत १५ हजार रुपैयाँ लाग्ने गर्छ।
  • यस कार्यक्रमको उद्देश्य दम्पतीलाई सन्तान प्राप्तिको सपना पूरा गर्न सहयोग गर्नु हो, जसले उनीहरूलाई उपचारमा पहुँच पुर्याउँछ।

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर हार्दिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टर प्रा. लि. ले सन्तान प्राप्तिको प्रयासमा रहेका दम्पतीलाई लक्षित गर्दै विशेष स्वास्थ्य सेवा कार्यक्रम घोषणा गरेको छ।

केन्द्रका अनुसार सामान्यतया १५ हजार रुपैयाँ लागत लाग्ने आईयूआई सेवा २४ फागुनदेखि २४ चैतसम्म निःशुल्क उपलब्ध गराइनेछ।

परिवार विस्तार धेरैका लागि जीवनको महत्वपूर्ण चाहना भए पनि विभिन्न कारणले कतिपय दम्पतीले सन्तान प्राप्तिमा चुनौती सामना गर्नुपर्ने अवस्था देखिन्छ। यस्तो अवस्थामा आधुनिक चिकित्सा प्रविधिले उपचारको सम्भावना बढाएको केन्द्रले जनाएको छ। यही उपचारलाई थप सहज र पहुँचयोग्य बनाउन निःशुल्क सेवा उपलब्ध गराउने निर्णय गरिएको जनाइएको छ।

केन्द्रका एक प्रतिनिधिका अनुसार महिला दिवस केवल सम्मान व्यक्त गर्ने दिन मात्र नभई महिलाको स्वास्थ्य, आत्मविश्वास र भविष्यसँग जोडिएका विषयलाई प्राथमिकता दिने अवसर पनि हो। “कुनै पनि महिलाले मनमा बोकेको मातृत्वको चाहना केवल सपना भएर नबसोस् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याएका हौँ,” उनले भने।

समाजमा बाँझोपनबारे खुला रूपमा छलफल कम हुने अवस्थामा यस्ता पहलले दम्पतीलाई उपचारसम्बन्धी जानकारी लिन र चिकित्सकीय परामर्शतर्फ अग्रसर हुन प्रेरित गर्ने विश्वास गरिएको छ।

२४ फागुनदेखि २४ चैतसम्म सञ्चालन हुने यो विशेष कार्यक्रमबाट सन्तान प्राप्तिको यात्रामा रहेका धेरै परिवारलाई सहयोग पुग्ने अपेक्षा गरिएको केन्द्रले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप