बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
च्याम्पियन्स लिग

यामालको इन्जुरी समयको गोलले न्युकासलसँग हारबाट जोगियो बार्सिलोना

बुधबार, २७ फागुन २०८२, ०३ : ५९
बुधबार, २७ फागुन २०८२

सारांश

  • च्याम्पियन्स लिगको पहिलो लेगमा न्युकासल र बार्सिलोना १-१ गोलको बराबरीमा रोकिए।
  • खेलको ८६ औं मिनेटमा हार्भी बार्न्सले गोल गर्दै न्युकासललाई अग्रता दिलाए।
  • अतिरिक्त समयमा लामिन यमलले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए।

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इङ्ग्लिस क्लब न्युकासल र स्पेनिस क्लब बार्सिलोनाले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका छन् ।

नेपाली समय अनुसार बुधबार बिहान भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समय सकिन केही मिनेट मात्र बाँकी रहँदा दुवै तर्फबाट गोल भएका थिए । खेलको ८६ औँ मिनेटमा हार्भी बार्न्सले गोल गर्दै न्युकासललाई सुरुवाती अग्रता दिलाएका थिए । न्युकासल जिततर्फ उन्मुख देखिए पनि खेलको अतिरिक्त समयमा बार्सिलोनाले पेनाल्टी प्राप्त गर्‍यो ।

अतिरिक्त समयमा प्राप्त पेनाल्टी मार्फत लामिन यमलले गोल गर्दै बार्सिलोना हारबाट जोगिएको हो । यो बराबरीसँगै अन्तिम १६ को पहिलो लेग सकिएको छ । अब दुई टोलीबिचको दोस्रो लेगले अर्को चरणमा पुग्ने टोलीको टुङ्गो लगाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप