गगनलाई गोपालमानको सुझाव-‘राजीनामाले पार्टी र देशको हित हुँदैन’
सारांश
- गोपालमान श्रेष्ठले सभापति गगनकुमार थापालाई राजीनामा नदिन सुझाव दिएका छन्।
- निर्वाचनको नतिजालाई नेतृत्वको असफलता मात्र नभई पार्टी रूपान्तरणको चेतावनीका रूपमा लिनुपर्ने बताए।
- श्रेष्ठले थापाको नेतृत्वमा नयाँ ऊर्जा र रूपान्तरणको बाटो देखिरहेको भन्दै एकढिक्का भएर अघि बढ्नुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीका सभापति गगनकुमार थापालाई राजीनामा नदिन सुझाव दिएका छन् । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको नतिजा अपेक्षाअनुसार नआएको भन्दै भइरहेको आलोचना र राजीनामाको प्रसङ्गलाई लक्षित गर्दै श्रेष्ठले यस कठिन घडीमा राजीनामा दिनु वा माग्नु पार्टी र देश दुवैको हितमा नहुने स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत सभापति थापालाई सम्बोधन गर्दै नेता श्रेष्ठले निर्वाचनको नतिजाभन्दा पनि लोकतन्त्रको रक्षा, विधिको शासनको सुदृढीकरण र राजनीतिक अस्थिरताको अन्त्य कांग्रेसको लागि मुख्य चासोको विषय भएको बताएका छन्।
उनले निर्वाचनको नतिजालाई नेतृत्वको असफलता मात्र नभई जनताको परिवर्तनको चाहनाअनुरूप कांग्रेसलाई पूर्ण रूपान्तरण गर्न नसकिएको चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। चुनावले कांग्रेसलाई समयसापेक्ष बन्न र युवाहरूको आकांक्षा आत्मसात् गर्न गहिरो सन्देश दिएको भन्दै उनले अब वडा तहदेखि केन्द्रसम्मै सङ्गठन सुदृढीकरणको संकल्पका साथ अघि बढ्नु अपरिहार्य रहेको उल्लेख गरेका छन्।
श्रेष्ठले थापाको साहस, दूरदृष्टि र युवाहरूलाई प्रेरित गर्ने क्षमताको प्रशंसा गरेका छन्।'यस कठिन घडीमा राजीनामा ल्याउनु वा राजीनामा गर्नुले पार्टी र देश दुवैका लागि हितकर हुँदैन,' श्रेष्ठले भनेका छन्, 'बरु, हामी सबै कांग्रेसीजनहरू एकढिक्का भएर तपाईँलाई साथ दिनु आवश्यक छ। तपाईंको नेतृत्वमा हामीले नयाँ ऊर्जा, नयाँ आशा, र नयाँ रूपान्तरणको बाटो देखिरहेका छौँ।'
संकटको यस घडीमा थापासँग सम्पूर्ण कांग्रेस पङ्क्ति एकढिक्का भएर उभिनुपर्नेमा जोड दिँदै नेता श्रेष्ठले नेपाली कांग्रेसलाई रूपान्तरण गर्ने यात्रामा मिलेर अगाडि बढ्ने प्रतिज्ञा समेत गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण