समानुपातिक मतगणनाको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक गर्ने आयोगको तयारी
सारांश
- प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।
- इलाम-१ र गोरखा-१ को गणना भइरहेको र नतिजा सार्वजनिक हुने आयोगले जनाएको छ।
- रास्वपाले ५१ लाख ३९ हजार २३५ मत ल्याएर अग्रता लिएको छ, कांग्रेस दोस्रो स्थानमा छ।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले समानुपातिकको इलाम–१ र गोरखा–१ को गणना भइरहेको भन्दै त्यो सकिने बित्तिकै अन्तिम नतिजा सार्वजनिक गर्ने जनाएको छ ।
‘समानुपातिकको मतगणना अन्तिम चरणमा छ । अहिले इलाम–१ र गोरखा–१ को गणना भइरहेकाले त्यो सकिएपछि अन्तिम नतिजा सार्वजनिक हुन्छ’, आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने– ‘अब केहीबेर कुरिदिनुस् ।’
आयोगले अहिलेसम्म समानुपातिकतर्फ १ करोड ७ लाख ३९ हजार ११५ मत गणना गरिसकेको छ । जसमध्ये रास्वपाले ५१ लाख ३९ हजार २३५ मत ल्याउँदै अग्रता बनाएको छ भने नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३ मत ल्याएर दोस्रो स्थानमा छ ।
त्यस्तै, नेकपा एमालेले १४ लाख ४८ हजार ८५४ मत, नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ५ हजार ७७३ मत पाएको छ भने श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६४९, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४७२, जनता समाजवादी पार्टीले १ लाख ७४ हजार ३१७, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ५०१, जनमत पार्टीले ७८ हजार ९७३ मत पाएका छन् ।
प्रत्यक्षतर्फको मतगणना भने सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण