जावलाखेल चिडियाखानामा ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु
ललितपुर । प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालित सदर चिडियाखानामा हाल ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु रहेका छन् । सदर चिडियाखाना तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर राणाले विसं १९८९ मा व्यक्तिगत रूपमा स्थापन गरी सञ्चालनमा ल्याएका थिए । पछि उक्त चिडियाखाना सर्वसाधारणका लागि खुला गरिएको हो ।
चिडियाखाना प्रशासनका अनुसार यहाँ रहेका जीवजन्तुमा नयाँ जन्मिने, मर्ने तथा जङ्गलबाट उद्धार गरेर ल्याइने गरेकाले सङ्ख्या घटबढ हुने गरेको छ । यहाँ सबैभन्दा लामो आयु भएको जनावर ७६ वर्षको ‘पवनकली’ नामक हात्ती रहेको चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिए । उनका अनुसार हात्तीको औसत आयु ७० देखि ८० वर्षसम्म हुन्छ ।
चिडियाखानामा रहेका चार वटा बाघमध्ये सबैभन्दा बढी उमेरको १५ वर्षको ‘बगौरा’ रहेको कोइरालाले जानकारी दिए । उनका अनुसार तीन वटा गैँडामध्ये सबैभन्दा बढी उमेरको १४ वर्षको ‘बाङ्गे’ छ भने अन्य जीवजन्तु विभिन्न उमेर समूहका रहेका छन् ।
कम आयु भएका जीवमा मुसा पर्दछन् । मुसाको औसत आयु पाँचदेखि छ वर्षसम्म हुने सूचना अधिकारी कोइरालाले जानकारी दिए । चिडियाखानामा मुसा र खरायोजस्ता साना जनावर उत्पादन गरी हप्तामा एकपटक अजिङ्गरलाई आहाराका रूपमा दिने गरिएको उनले बताए ।
उनका अनुसार अजिङ्गरलाई कहिलेकाहीँ प्राकृतिक (टेस्ट) आहारा दिनुपर्ने भएकाले चिडियाखानामा उत्पादन भएका मुसा र खरायो दिने गरिन्छ । सोही कारणले जीवजन्तुको सङ्ख्यामा केही तलमाथि देखिने गर्दछ । यहाँ रहेका जीवजन्तु बिरामी परेको थाहा पाएपछि उनीहरूलाई छुट्टै क्वारेन्टाइनमा राखेर चिकित्सकहरूले उपचार गर्ने व्यवस्था गरिएको छ ।
केही जीवजन्तुले प्रजनन गरे पनि धेरैजसो जनावरले बसोबास गर्ने वातावरण पूर्ण रूपमा उपयुक्त नहुँदा प्रजनन कम हुने गरेको चिडियाखाना प्रशासनले जनाएको छ । प्राकृतिक रूपमा जङ्गलको वातावरण उनीहरूका लागि प्रजननका लागि बढी अनुकूल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण