सिरहामा बम बिस्फोट
बुधबार, २७ फागुन २०८२, १७ : ३३
जनकपुर । सिरहामा एक ल फर्ममा बम बिस्फोट भएको छ । जिल्ला अदालत अगाडि रहेको मधेस ल फर्ममा बुधबार बम बिस्फोट भएको सिरहा प्रहरीले जनाएको छ।
सिरहा प्रहरी प्रमुख एसपी बासु पाठकले जिल्ला अदालत अगाडि रहेको ल फर्ममा आज साँझ करिब ५ बजे बम विस्फोट भएको बताए।
ल फर्ममा भएको बिस्फोटबाट त्यहाँ कार्यरत सौरभ यादव सामान्य घाइते भएको प्रहरी प्रमुख पाठकले बताए।
यसैगरी बिस्फोटबाट ल फर्मको सिसा र भित्र रहेका कागजातका साथै फर्निचरमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ। प्रहरी प्रमुख पाठकका अनुसार बम बिस्फोटबारे अध्ययन गर्न नेपाली सेनाको टोली घटनास्थलमा आइपुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण