हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो, तस्बिरहरू
चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औँ अन्तर्राष्ट्रिय हिमालयन राफ्टिङ तथा कायकिङ महोत्सवको दोस्रो दिन बुधबार कायाक क्रस प्रतिस्पर्धा रोमाञ्चक बनेको छ । त्रिशूलीको तीव्र र चुनौतीपूर्ण छालबिच ३२ जना खेलाडी फाइनल चरणका लागि प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेपाल पर्यटन बोर्ड (एनटीबी) र नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) को संयुक्त आयोजनामा त्रिशूली नदीमा भइरहेको प्रतियोगिता साहसिक जलक्रीडाको महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित हुँदै गएको छ । मंगलबार सुरु भएको प्रतियोगितामा नेपालसहित विभिन्न देशका खेलाडी सहभागी भएका छन् ।
आयोजकका अनुसार प्रारम्भिक चरणबाट छनोट भएका ३२ जना प्याडलर बुधबारको कायाक क्रस (३०० मिटर) प्रतिस्पर्धामा सहभागी भएका छन् । जसमा पहिलो डम्बरबहादुर पुर्वाछाने प्रथम भए भने रविन्द्र चेपाङ, सुरेन्द्र चेपाङ र मोहन राना क्रमशः दोस्रो, तेस्रो र चौथो भएका छन् । नदीको तीव्र बहाव पार गर्दै कायक खेलाडीहरूले आफ्नो सन्तुलन, गति र कौशल प्रदर्शन गरेका छन् ।
यस प्रतियोगिताले नेपालका नदीहरू साहसिक पर्यटनका लागि कति उपयुक्त छन् भन्ने सन्देश दिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बताएका छन् । उनले नेपालमा नदी–आधारित साहसिक पर्यटनको महत्व झनै बढ्दै गएको बताए। उनले भने, “नेपालको साहसिक पर्यटन नदीमा आधारित पर्यटन उत्कृष्ट पर्यटन उत्पादन हो । नेपालमा ह्वाइट वाटर राफ्टिङ विश्वमै उत्कृष्ट पर्यटन उत्पादन हो ।”
उनका अनुसार त्रिशूली, भोटेकोशी, कर्णाली र सेतीजस्ता नदीहरूले जल पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गरेका छन् । यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपालका नदीहरूको सम्भावना विश्वसामु उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
प्रतियोगिताको अन्तिम दिन बिहीबार १० किलोमिटरको म्यान्डेटरी राफ्ट रेस आयोजना गरिएको थियो । उक्त रेसमा ११ टोली प्रतिस्पर्धामा उत्रिएका छन् र प्रत्येक टोलीमा चार–चार जना खेलाडी सहभागी भएका थिए ।
तीन दिनसम्म सञ्चालन हुने यस अन्तर्राष्ट्रिय महोत्सवले नेपालको नदी–आधारित साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास बाराले लिएको छ । प्रतियोगिताको समापन बिहीबार विजेता खेलाडी तथा टोलीलाई पुरस्कार वितरण तथा सम्मान गरिनेछ ।

_cp5UVNcQr9.jpg)
_X47TbHpSvn.jpg)
_cBeZx5dkJU.jpg)
_M81WM5M8m9.jpg)
_ULsHd4oz96.jpg)
_vmhdkUesAg.jpg)
_ZNfcY0fkqJ.jpg)
_CuJqm5duPD.jpg)
_QE9VC9j98h.jpg)
_HEX8FwhpIh.jpg)
_Jo2hY81jgk.jpg)
_IMUzCIcDhK.jpg)
_TfAnYxbMFf.jpg)
_1jANbfJ83Y.jpg)
_3RnEC28Ccc.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण