इरानी विद्यालयमा ‘गलत निशाना’ का कारण’ टोमाहक क्षेप्यास्त्रले लागेको अमेरिकी भनाइ
सारांश
- न्युयोर्क टाइम्सका अनुसार इरानको विद्यालयमा अमेरिकी क्षेप्यास्त्र खसेको थियो र अमेरिका जिम्मेवार छ।
- अनुसन्धान जारी छ, तर प्रारम्भिक निष्कर्षले अमेरिकाको गल्ती देखाएको छ।
- ट्रम्पले सुरुमा इरानलाई दोष दिए, तर पछि अनुसन्धानको नतिजा स्वीकार गर्ने बताए।
काठमाडौँ । इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक क्षेप्यास्त्र खसेको र यसमा अमेरिका जिम्मेवार रहेको द न्यूयोर्क टाइम्सले अमेरिकी अधिकारीलाई उद्धृत गरी बुधबार रिपोर्ट गरेको छ ।
टाइम्सले २८ फेब्रुअरीमा भएको आक्रमणको अनुसन्धान जारी रहेको तर यसको लागि अमेरिका जिम्मेवार रहेको प्रारम्भिक निष्कर्ष आएको जनाएको हो ।
“अमेरिकी सेनाले नजिकैको इरानी बेसमा आक्रमण गर्ने क्रममा पुरानो तथ्याङ्क प्रयोग गरेर लक्ष्य समन्वय तय गरिएको कारण विद्यालय भवनमा परेको हो,” रिपोर्टमा अमेरिकी अधिकारीहरूको भनाइलाई आधार बनाउँदै लेखिएको छ।
यसै हप्ताको सुरुमा विद्यालय आक्रमणमा इरान नै जिम्मेवार हुन सक्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका थिए तर पछि अनुसन्धानले जे कुरा प्रकट गरे पनि आफूले सहने बताएका थिए ।
अमेरिका–इजरायलले संयुक्त रूपमा सुरु गरेको सुरुवाती आक्रमणमा इरानको दक्षिणी सहर मिनाबको प्राथमिक विद्यालयमा लागेको थियो । उक्त घटनामा परी १५० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण