भक्तपुर फिल्म फेस्टिभलमा २४ फिल्म प्रदर्शन हुने
सारांश
- भक्तपुरमा आगामी चैत ६ र ७ गते 'भक्तपुर फिल्म फेस्टिभल' आयोजना हुने भएको छ, जसको उद्देश्य कला र साहित्यको विकास गर्नु हो।
- महोत्सवमा २४ फिल्म प्रदर्शन हुनेछन्, जसमा 'गाउँ आएको बाटो', 'ऐना झ्यालको पुतली' लगायतका चर्चित फिल्महरू समावेश छन्।
- स्वतंत्र फिल्मकर्मीलाई प्लेटफर्म दिन र फिल्मकर्मी केशव पाण्डेले कथा लेखन कार्यशाला दिने भएका छन्।
काठमाडौँ । भक्तपुरको कला र साहित्यलाई विकास गर्ने र नयाँ फिल्मकर्मीलाई प्लेटफर्म दिने उद्देश्यले आगामी चैत ६ र ७ गते भक्तपुरमा ‘भक्तपुर फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ ।
भक्तपुरका युवा फिल्मकर्मीहरू किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्की लगायतको समूहले यो महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवका निर्देशक किरण किलम्बू रहेका छन् ।
‘भक्तपुर हाम्रो जन्मथलो पनि हो । त्यसैले यहाँको सांस्कृतिक र कलालाई विकास गर्ने हेतुले हामीले यो महोत्सव भक्तपुरमा पहिलो पटक आयोजना गर्न लागेका हौँ,’ किलम्बुले भने । किलम्बु पवलद्यमका निर्देशक पनि हुन् ।
२ दिने यो महोत्सवमा २४ फिल्म देखाइनेछन् । नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ देखाउँदै महोत्सव सुरु हुनेछ । महोत्सवमा सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ देखि अङ्कित पौडेलको ‘सङ्ग अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’ लगायतका फिल्महरू देखाइनेछन् । सन्देश भुर्तेलको डकुमेन्ट्री ‘मदर रेबिका’ भने समापन फिल्म हुनेछ । त्यस्तै, महोत्सवमा २ नेवा संस्कृति समेटिएका फिल्म ‘किजा पूजा’ र ‘नेवा बुद्धिजम इन नेपाल’ पनि प्रदर्शन हुनेछ ।
महोत्सवका संयोजक स्मित गिरीका अनुसार स्वतन्त्र (इन्डी) फिल्मकर्मीका फिल्म र उनीहरूका फिल्मलाई प्लेटफर्म दिन पनि यो महोत्सवको आवश्यकता देखेर आफूहरूले यो महोत्सव सुरु गरेको हो ।
महोत्सव फिल्मकर्मी केशव पाण्डेले कथा लेखन सम्बन्धी कार्यशाला दिँदैछन् । महोत्सव सुरु हुने अघिल्लो दिन उनले यो कार्यशाला दिने भएका हुन् । महोत्सव भक्तपुरको कमल विनायकस्थित नेपाल भोकेस्नल एकेडेमीमा आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण