चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत
चितवन । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र मर्मतको काम सुरु गरेको छ । हरेक वर्ष गर्मी समयमा वन्यजन्तुका लागि पोखरी निर्माण र मर्मत गरिन्छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार जनावरलाई खान, जलमा बस्ने जनावरका लागि वासस्थान र घाँसेमैदान सिँचाइका लागि पोखरी निर्माण गर्ने गरिन्छ । उनले यसवर्ष तीन वटा नयाँ पोखरी निर्माण र चारवटा पोखरी मर्मतको काम गर्न लागिएको बताए।
उनले भने, “यसवर्ष हामीले पोखरी निर्माण र मर्मत वन्यजन्तुको बासस्थानका आधारमा गर्न लागेका छाैँ ।” निकुञ्जभित्र ५६ पोखरी तथा तालतलैया रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार ती सबै पोखरी तथा तालहरुमा सरसफाइ गर्न नसकिए पनि महत्वपूर्ण स्थानमा रहेका ताल र पोखरी निर्माण गर्न लागिएको हो।
यस निकुञ्जमा दुर्लभ एक सिङ्गे गैँडा, पाटेबाघ, भालु, चित्तल, हात्ती लगायतका जनावरको बासस्थान रहेको छ । चर्को गर्मीसँगै वन्यजन्तुलाई पानीको आवश्यक पर्ने भएकाले पोखरी निर्माण गर्न लागिएको हो । वन्यजन्तु पानीको आवश्यकताले समुदायमा जान रोक्नका लागि समेत सहयोग पुग्ने छ ।
९५२ दशमलब ६३ हेक्टर क्षेत्रफलमा फैलिएको निकुञ्जमा घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाउने कामसमेत सुरु गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण