सिक्वेल आउनुअघि फेरि रिलिज गरियो धुरन्धर
काठमाडौँ । सन् २०२५ को ब्लकबस्टर फिल्म ‘धुरन्धर’ एकपटक फेरि विश्वव्यापी रूपमा प्रदर्शनमा आएको छ । यसको दोस्रो भाग ‘धुरन्धर २ः द रिभेन्ज’ रिलिज हुनुअघि जियो स्टुडियोज र बी६२ स्टुडियोजले फिल्मको पहिलो भागलाई आजदेखि भारतका २५० स्क्रिनमा पुनः प्रदर्शन गरेका हुन् ।
भोलिदेखि यो फिल्म विदेशका थप २५० स्क्रिनमा गरी जम्मा ५०० पर्दामा देखिनेछ। आगामी १९ मार्चमा रिलिज हुने सिक्वेलका लागि दर्शकमाझ थप उत्साह जगाउन र पुरानो कथालाई ताजा बनाउन निर्माण पक्षले यो रणनीतिक कदम चालेको हो ।
सिक्वेल रिलिज हुनुअघि अघिल्लो भाग प्रदर्शन गर्ने ट्रेन्ड हलिउड र बलिउडमा निकै प्रभावकारी मानिन्छ। यसअघि ‘गदर २’ अघि ‘गदर’, ‘बाहुबली २’ अघि ‘बाहुबली’ र हलिउडमा ‘अवतार २’ अघि पहिलो ‘अवतार’ लाई रि–रिलिज गरेर ठुलो हाइप बनाइएको थियो। ‘धुरन्धर’ ले पनि सोही बाटो पछ्याउँदै एडभान्स बुकिङमा उछाल ल्याउने लक्ष्य राखेको छ ।
स्मरण रहोस्, धुरन्धरको पहिलो भागले विश्वभर १३०३ करोड भारु कमाउँदै इतिहास रचेको थियो। भारतमा मात्रै यसले करिब ८३७ करोड भारु खुद कलेक्सन गरेर सर्वाधिक कमाउने हिन्दी सिंगल ल्याङ्ग्वेज फिल्मको रेकर्ड बनाएको छ ।
अमेरिका र क्यानडामा मात्र १९३ करोडभन्दा बढी व्यापार गरेर यसले बाहुबली २ को रेकर्ड समेत तोडिसकेको छ। खाडी मुलुकमा प्रतिबन्ध लाग्दा पनि यो फिल्म भारतीय सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाउने ‘ए’ रेटेड फिल्म बन्न सफल भयो ।
‘धुरन्धर २ः द रिभेन्ज’ आगामी मार्च १९ देखि हिन्दीसहित तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा विश्वभर प्रदर्शन हुनेछ। गुडी पडवा, उगादी र इद जस्ता ठुला चाडपर्वको अवसर पारेर रिलिज हुन लागेकाले लामो बिदाको फाइदा फिल्मको कलेक्सनलाई पुग्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण