जिप र मोटरसाइकल ठोक्किँदा ज्यान गुमाएका दुई जनाको सनाखत
बिहीबार, २८ फागुन २०८२, १५ : ५९
कैलाली । कञ्चनपुरमा जिप र मोटरसाइकल बिहीबार एक आपसमा ठोक्किँदा ज्यान गुमाएका दुई जनाको सनाखत भएको छ ।
मृतकमा मोटरसाइकल चालक भीमदत्त नगरपालिका–१ बस्ने ४१ वर्षीय राम लुहार र पछाडि सवार ४३ वर्षीय दान सिंह धामी रहेको प्रदेश प्रहरी कार्यालय अत्तरिया प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले बताए ।
उनकाअनुसार दुवै मृतक सवार म २ प ३५०६ को मोटरसाइकललाई पूर्वपश्चिम राजमार्ग अन्तरगत वेदकोट नगरपालिका–७ को लालपुरमा से १ च १४०५ को जिपले ठक्कर दिएको थियो ।
दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुवैको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । जिप चालक पुनर्वास नगरपालिका–११ डोकेबजार बस्ने २२ वर्षीय सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण