बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय सभा अध्यक्षले गरे निर्माणाधीन संसद् भवनको अनुगमन, तस्बिरहरू

बिहीबार, २८ फागुन २०८२, १६ : ११
बिहीबार, २८ फागुन २०८२

सारांश

  • राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले निर्माणाधीन संघीय संसद भवनको अनुगमन गरेका छन्।
  • अनुगमनका क्रममा, उनले राष्ट्रिय सभा र प्रतिनिधि सभा हलको अवस्थाबारे जानकारी लिए।
  • नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण र प्रतिनिधि सभा बैठकका लागि तयारी गर्न उनले निर्देशन दिए।

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले निर्माणाधीन सङ्घीय संसद् भवनको अनुगमन गरेका छन् । अनुगमनका क्रममा अध्यक्ष दाहालले राष्ट्रिय सभा र प्रतिनिधि सभा हलका साथै मल्टीपर्पोज हलको अवस्थाका बारेमा जानकारी लिएको उनको सचिवालयले जानकारी दिए । 

प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै संसद् बैठक बस्ने कक्ष तयार नहुँदा मल्टीपर्पोज हललाई तयार गर्न लागिएको छ। अध्यक्ष दाहालले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहणका लागि बनिरहेको मल्टीपर्पोज हलको प्रगतिका बारेमा पनि जानकारी लिएका उनको सचिवालयले बताएको छ । 

सहरी विकास मन्त्रालयका अधिकारीहरूले शनिबारसम्म मल्टीपर्पोज हललाई सभाकक्षका रूपमा निर्माण गरिसक्ने जानकारी अध्यक्ष दाहाललाई गराएका थिए । 

प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन भने अझै १/२ महिना लाग्ने जानकारी पनि निर्माणमा संलग्न अधिकारीहरूले राष्ट्रियसभा अध्यक्ष दाहाललाई जानकारी गराएका थिए । 

अनुगमनका क्रममा अध्यक्ष दाहालले नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण र त्यसपछि प्रतिनिधि सभाको बैठकका लागि सबै तयारी गर्न निर्देशन दिएका थिए ।

बैठक हलको अव्यवस्थाका कारण समग्र राष्ट्रकै बेइज्जत हुने स्थिति आउन नहुने भन्दै अध्यक्ष दाहालले रातदिन जसरी हुन्छ, काम द्रुत गतिमा गर्न आग्रह गरे ।

sansad building (1)sansad building (2)sansad building (3)sansad building (4)sansad building (5)sansad building (6)sansad building (7)sansad building (8)sansad building (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप